२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठप्रदेशसुदूरपश्चिम प्रदेशमालाखेती अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि आशा लघुबित्तकाे आर्थिक सहयोग

मालाखेती अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि आशा लघुबित्तकाे आर्थिक सहयोग


अत्तिरिया । आशा लघुबित्त बित्तिय संस्था लि. अत्तिरिया शाखाले अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि मालाखेती अस्पताललाई आर्थिक सहयोग गरेको छ ।

कोभिड -१९को  दोस्रो लहरसँगै अक्सिजन अभावका कारण  मृत्यु भइरहेको अवस्थामा   सहज रुपमा अक्सिजन उपलब्ध होस भन्ने हेतुले सहयोग गरेको उक्त शाखाका प्रमुख गणेश भट्टले बताए ।

देशैभर २९ जिल्लामा ५५ शाखा रहेको यस संस्थाले महामरीको समयमा संस्थाको सामाजिक उत्तरदायित्व अन्र्तगत आर्थिक सहयोग गरेको शाखा प्रमुख भट्टले जनाकारी दिए ।

त्यस्तै कोरोना संक्रमणबाट स्यम आफु संक्रमित भई उक्त अस्पतालमा उपचार गराएको हुदाँ ब्यक्तिगतरुपमा शाखा प्रमुख भट्टले १ हजार ५ सय १ रुपैया सहयोग गरेको उनले बताए ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ