गृहपृष्ठ ∕ समाचार ∕ मेगा बैंकको नाफा ५० दशमलव ४७ प्रतिशतले बढ्यो मेगा बैंकको नाफा ५० दशमलव ४७ प्रतिशतले बढ्यो Karobarpati मंगलबार, २०७८ कात्तिक १६ गते, ०६:२७ मा प्रकाशित काठमाडौं । मेगा बैंक नेपालले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म ९१ करोड ४६ लाख ८६ हजार रुपैयाँ खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म बैंकको यो नाफा ६० करोड ७९ लाख ३ हजार रुपैयाँ थियो । समीक्षा अवधिसम्ममा बैंकको खुद ब्याज आम्दानी १३ दशमलव ९६ प्रतिशतले बढेर एक अर्ब ५१ करोड ७३ लाख ५३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा बैंकले एक अर्ब ३३ करोड १४ लाख ९१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यस अवधिमा बैंकको सञ्चालन नाफा ४७ दशमलव ९६ प्रतिशतले बढेर एक अर्ब ३० करोड ७१ लाख १३ हजार रुपैयाँ पुगेको छ । यो अवधिसम्म बैंकको वितरणयोग्य नाफा ४९ करोड ८३ लाख ७४ हजार रुपैयाँ रहेको छ । हाल बैंकको चुक्ता पुँजी १४ अर्ब ६५ करोड ४९ लाख ६४ हजार रुपैयाँ रहेको छ । असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ६ रुपैयाँ ०३ पैसाले बढेर २४ रुपैयाँ २४ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १४४ रुपैयाँ ९९ पैसा छ । न्युज कारखाना क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता २ पोखरामा आज एमालेको चुनावी सभा, केपी ओलीले सम्बोधन गर्ने ३ सनराइज बैंकको लहान शाखाद्धारा आर्थिक सहयोग ४ नबिल बैंकबाट अब ‘खल्ती वालेट’ मा पैसा राख्न सकिने ५ निर्वाचन आयोगले थाल्यो प्रत्यक्षतर्फको मतपत्र छपाइ ६ निर्वाचन आयोगले भदौ ३१ गते मतदाता नामावली सार्वजनिक गर्ने ७ अब गठबन्धनले ४ असोजमा सिट बाँडफाँट टुंग्याउने ट्रेण्डिङ मिर्मिरेले वुद्ध ज्योति लघुवित्तलाई गाभ्ने पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो कुमारी र एनसीसी बैंकबीच मर्जर सम्झौता अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ६.६ मेगावाटको साप्सु खोला जलविद्युत आयोजना राष्ट्रिय प्रशारणलाईनमा जोडियाे मर्स्याङदी गाउँपालिकाले होमस्टे र ‘रक क्लाइम्बिङ’ लाई बाँड्याे २५ लाख हु ईज केपी ओली’ भन्नेलाई ३० गते जनताले देखाइदिन्छन् : केपी ओली मिर्मिरेले वुद्ध ज्योति लघुवित्तलाई गाभ्ने पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो कुमारी र एनसीसी बैंकबीच मर्जर सम्झौता अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ६.६ मेगावाटको साप्सु खोला जलविद्युत आयोजना राष्ट्रिय प्रशारणलाईनमा जोडियाे मर्स्याङदी गाउँपालिकाले होमस्टे र ‘रक क्लाइम्बिङ’ लाई बाँड्याे २५ लाख हु ईज केपी ओली’ भन्नेलाई ३० गते जनताले देखाइदिन्छन् : केपी ओली