२०८१ माघ २३, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनबिल बैंकले गर्‍याे ३८ प्रतिशत लाभांश दिने घोषणा

नबिल बैंकले गर्‍याे ३८ प्रतिशत लाभांश दिने घोषणा


काठमाडौं – नबिल बैंकले ३८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको मुनाफाबाट सेयरधनीलाई ३३ दशमलव  ६ प्रतिशत बोनस सेयर र करसहित ४ दशमलव ४ प्रतिशत नगद लाभांश गरी कुल ३८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

बैंकले घोषणा गरेको सो लाभांश चार वर्ष यताकै उच्च हो । बैंकले अघिल्लो आर्थिक वर्ष २०७६/०७७ बाट बैंकले ३५ दशमलव २६ प्रतिशत लाभांश दिएको थियो । उक्त्र प्रतवित लाभांश नियामक नेपाल राष्ट्र बैंक र आगामी साधारण सभाबाट पारित भएपछि मात्रै सेयरधनीले पाउनेछन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ