२०८१ माघ २३, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसनराइज बैकको ’डिजिटल टेलर’ सेवा काउन्टरबाट चेकबिनै रकम झिक्न   मिल्ने

सनराइज बैकको ’डिजिटल टेलर’ सेवा काउन्टरबाट चेकबिनै रकम झिक्न   मिल्ने


काठमाडौं ।सनराइज बैंकले काउन्टर मार्फत नगद झिक्ने प्रक्रियालाई सहज बनाउने उद्देश्यले ’डिजिटल टेलर’ सेवा सुरु गरेको छ। यो सेवाअनुसार अब चेक तथा एटिएम कार्ड नभए पनि बैंक खाताबाट नगद झिक्न मिल्छ।

अबदेखि बैंकमा खाता हुने सबै ग्राहकले मोबाइल बैंकिङ एप्लिकेसन ‘सनराइज स्मार्ट’ प्रयोग गरी बैंकका काउन्टरमा रहेका क्यूआर कोड स्क्यान गरी सजिलै नगद पाउनेछन् । यो सेवामार्फत् प्रयोगकर्ताले बैंकको शाखामा रहेको क्यूआर कोड स्क्यान गरी एक दिनमा १ लाख रुपैयाँ र प्रति महिनामा १० लाख रुपैयाँसम्म नगद निकाल्न सक्नेछन् ।

पेपरलेस बैंकिङतर्फ उन्मुख बैंकको यस कदमले सर्वसाधारणलाई डिजिटल बैंकिङमा अभ्यस्त बनाउन थप मद्दत गर्ने बैंकको विश्वास रहेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ