२०८१ माघ १७, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोरोना महामरी भएतापनि २३ % ले बढ्यो रेमिट्यान

कोरोना महामरी भएतापनि २३ % ले बढ्यो रेमिट्यान


काठमाडौं । कोरोना महामारीले गर्दा विश्वभर नै अर्थतन्त्र प्रभावित भएपनि नेपाल भित्रिने रेमिट्यान् भने बढेको हो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको नयाँ आब पहिलो महिनाको आर्थिक तथा वित्तीय स्थितिको प्रतिवेदनमा उल्लेख भए अनुसार साउन महिनामा ९२ अर्ब ७१ करोड रेमिट्यान्स भित्रिएको जनाएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिभन्दा २३ प्रतिशतले बढी हो ।

गत आर्थिक वर्षको पहिलो महिनामा ७५ अर्ब ४० करोड रेमिट्यान्स भित्रिएको थियो भने नेपाली मुद्रामा मात्रै नभएर अमेरिकी डलरमा पनि रेमिट्यान्स १४.५ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

कोभिड —१९ कारण अवैधानिक संयन्त्र (हुन्डी) मार्फत आउने रेमिट्यान्स घटेका कारण वैधानिक संयन्त्र (बैंकिङ प्रणाली) मार्फत आउने रेमिट्यान्स बढेको राष्ट्र बैंक स्रोतको बुझाइ छ ।

विश्वभर कोरोना महमारीको प्रभाव बढ्दै जाँदा सरकारले  वैदेशिक रोजगारीमा जानेलाई रोक्दा अन्तिम श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको संख्या ९९.२ प्रतिशतले घटेको छ । गत वर्षको सोही अवधिमा भने यस्तो संख्या १९.० प्रतिशतले घटेको थियो ।

यस अवधिमा अन्तिम श्रम स्वीकृति लिएर जाने मात्रै नभएर पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या पनि ८०.० प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १.३ प्रतिशतले घटेको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ