२०८२ वैशाख १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रकर्पोरेटक्रिप्टो र भर्चुअल करेन्सीको कारोबार नगर्नु,नेपाल बैंकर्स संघ

क्रिप्टो र भर्चुअल करेन्सीको कारोबार नगर्नु,नेपाल बैंकर्स संघ


काठमाडौं । नेपाल बैंकर्स संघले क्रिप्टो तथा भर्चुअल करेन्सीको कारोबार नगर्न अनुरोध गरेको छ । संघले यस्ता कारोबार तथा व्यवसायमा संलग्नमाथी कारबाही हुने जनाकारी गराएको छ ।

आज एक सूचना जारी गदै बैंकर्स संघले ‘नेपालमा विदेशी विनिमय वा मुद्राका रुपमा क्रिप्टो तथा भर्चुअल करेन्सीले मान्यता नपाएको सन्र्दभमा,क्रिप्टो तथा भर्चुअल करेन्सी र नेटर्वक मार्केटिङ लगायतका गैरकानुनी वित्तीय औजारमा आबद्घ भई कारोबार गर्दा सर्वसाधारण ठगिने र अवैधानिक तरिकाले रकम बाहिरिई स्वदेशी पुँजी पलायन हुन्छ ।

त्यसैले नेपालभित्र बसोबास गर्ने नेपाली तथा विदेशी नागरिक र विदेशमा बस्ने नेपाली नागरिकसमेतले त्यस्ता कारोबार तथा व्यवसायमा संलग्न भएको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही हुने संघले चेतावनी दिएको छ ।

 


क्याटेगोरी : कर्पोरेट
ट्याग : #नेपाल बैंकर्स संघ


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ