२०८१ माघ १८, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकुमारी बैंकको सेयर कर्जा योजना

कुमारी बैंकको सेयर कर्जा योजना


काठमाडौं । नेपाल धितोपत्र विनिमय बजारमा कारोबार हुने सेयर खरिदका लागि कुमारी बैंकले कुमारी मार्जिन लेन्डिङ योजना सार्वजनिक गरेको छ ।

यस योजनाअन्तर्गत सेयर किन्नुअघि कुनै धितो आवश्यक नपर्ने, कर्जा लिई किनिएको सेयर खरिदपछि सोही सेयरधितोमा रहने प्रावधान रहेको बैंकले जनाएको छ । यस कर्जामार्फत सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले ब्रोकरमार्फत बैंकमा सम्पर्क गरी कर्जा स्वीकृत गराउन सकिने पनि छ । यो कर्जा योजना हालसम्मकै आकर्षक तथा उपयोगी रहेको बैंकले दाबी गरेको छ ।

सेयर बजारमा लगानी गर्न चाहने तर अर्थ अभावले लगानीबाट वञ्चित सर्वसाधारणलाई मध्यनजर गर्दै कर्जा सुविधा ल्याइएको बैंकले बताएको छ । कोभिड १९ को यस विषम् परिस्थितिमा सीमित भएको लगानीयोग्य क्षेत्र र सोही परिस्थितिमा आकर्षक बनेको सेयरबजारलाई मध्यनजर गर्दै उक्त कर्जा योजना ल्याइएको बैंकले जनाएको छ ।

बैंकका अनुसार ७० वर्षसम्म उमेर पुगेकाले उक्त कर्जा योजनाको लाभ उठाउन सक्ने छन् । बजारमा कारोबार हुने सेयर खरिदका लागि कुमारी मार्जिन लेन्डिङ योजना सार्वजनिक गरेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ