२०८१ माघ ९, बुधबार
Health Aawaj logo
गृहपृष्ठप्रदेशलुम्बिनी प्रदेशमुक्तिनाथ विकास बैंकद्धारा पाण्डवेश्वर महादेव मन्दिरमा सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न

मुक्तिनाथ विकास बैंकद्धारा पाण्डवेश्वर महादेव मन्दिरमा सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न


काठमाडाैं । मुक्तिनाथ विकास बैंक लि.ले सामाजिक उत्तरदायित्व अन्र्तरगत विभिन्न संध संस्थाहरुलाई सहयोग गर्दै आएको छ ।

सोही योजना अनुसार बैंकले घोराही उप महानगरपालिका वडा नं. ५ धारापानी, दाङ स्थित पवित्र धार्मिक स्थल श्री पाण्डवेश्वर महादेव मन्दिरमा भक्तजनहरुको लागी विश्राम गर्न प्रतिक्षालय निर्माण गरी एक कार्यक्रम बीच बैंकका घोराही शाखा प्रमुख श्री बिकास के.सी.द्धारा उक्त मन्दिरका व्यवस्थापन समितिका अध्यक्ष श्री गणेश कुमार अधिकारीलाई अन्य पदाधिकारीहरुको रोहवरमा हस्तानतरण गरिएको छ ।

यस सहयोगबाट मन्दिरमा पाल्नुहुने नजिकका तथा टाढाका भक्तजनहरुलाई विश्राम गर्न मद्दत पुग्ने धारणा बैंकले लिएको छ । मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, यस सहयोगबाट सेवा क्षेत्रका व्यक्तिहरुको हितमा काम हुने विश्वास लिएको छ ।
साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिषा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटीएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

त्यसै गरी प्रिपेड डलर कार्ड , मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ