काठमाडौं । नबिल बैंकले आर्थिक वर्ष २०७९/०८० मा सबै भन्दा बढी नाफा कमाएको छ ।
यस अवधिमा वाणिज्य बैंकहरुको नाफा ७० अर्ब ७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आवमा वाणिज्य बैंकहरुले ५६ अर्ब १७ करोड रुपैयाँ नाफा आर्जन गरेका थिए ।
संचालनमा आएका २० वटा वाणिज्य बैंकहरुले प्रकाशित गरेको आव २०७९/०८०को चौथो त्रैमासिक वित्तीय विवरणअनुसार सबैभन्दा बढी नाफा आर्जन गर्नेमा नबिल बैंक रहेको छ । नबिल बैंकले चालु आबको यस अवधिमा ७ अर्ब ५२ करोड खुद नाफा आर्जन गरेको छ ।
यस अवधिमा सबैभन्दा कम नाफा आर्जन गर्नेमा माछापुच्छ्रे बैंक रहेको छ । माछापुच्छ्रे बैंकले यस अवधिमा १ अर्ब ८५ करोड नाफा कमाउँदैं कम नाफा आर्जन गर्ने वाणिज्य बैंक भएको छ ।
त्यस्तै यस अवधिमा ग्लोबल आइएमई बैंकले ७ अर्ब २५ करोड रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब ९१ करोड रुपैयाँ एनआईसी एसिया बैंक ४ अर्ब ६५ करोड रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ४ अर्ब २९ करोड रुपैयाँ र एनएमबी बैंकको ३ अर्ब खुद नाफा आर्जन गरेका छन ।
बाणिज्य बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार यस अवधिमा अधिकांश बाणिज्य बैंकहरुको खराब कर्जा अनुपात बढेको देखिन्छ ।
सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरुमध्ये कुमारी बैंक, इन्भेष्टमेन्ट मेगा बैंक,प्रभु बैंक,हिमालयन बैंक,प्राइम कमर्सियलको खराब कर्जा अनुपात ४ प्रतिशत भन्दा माथि रहेको छ ।
त्यस्तै सिटीजन्स र ग्लोबल बैंकको एनपीएल ३ प्रतिशत भन्दा माथी रहेको छ भने माछापुच्छ्रे ,सिद्वार्थ,कृषि,लक्ष्मी सनराइज,एसबीआई,नेपाल बैंक, वाणिज्य बैक र एनएमबी बैंकको खराब कर्जा अनुपात २ प्रतिशत भन्दा माथी छ ।