काठमाडौं । आर्थिक बर्ष २०७९/०८० को असार मसान्त सम्ममा १२ वटा वाणिज्य बैंकहरु मर्जर/प्राप्ति प्रक्रियामा सामेल भई ६ वाणिज्य बैंक बनेका छन ।
त्यस्तै, यस अवधिमा १६ वटा लघुवित्त वित्तीय संस्थाहरु मर्जर/प्राप्ति प्रक्रियामा सामेल भएर ८ संस्था कायम भएका छन्।
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार यस अवधिमा इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या ११२ रहेको छ । यस मध्ये २० वाणिज्य बैंक, १७ विकास बैंक,१७ वित्त कम्पनी, ५७ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक रहेका छन्।
आर्थिक बर्ष २०७८/०७९ को असार मसान्तसम्ममा २६ वाणिज्य बैंक, १७ विकास बैंक,१७ वित्त कम्पनी, ६५ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक रहेका थिए ।
आर्थिक बर्ष २०७८/०८९ को असार मसान्तसम्मा बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या १० हजार ५२८ रहेकोमा यस समिक्षा अवधि सम्ममा ११ हजार ५८९ पुगेको छ ।
२०७९ असार मसान्तमा प्रतिशाखा जनसंख्या २ हजार ५३२ रहेकोमा २०८० असार मसान्तमा २ हजार ५१७ कायम भएको छ ।