काठमाडौं – एभरेष्ट बैंकको वार्षिक साधारण सभा असोज ३० गते बस्ने भएको छ ।
उक्त सभा काठमाडौंको लैनचौरस्थित होटल लैनचौर ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ ।
बैंकको असोज ०७ गते बसेको सञ्चालक समितिको ३५८ औं बैठकले कम्पनीको २९ औ वार्षिक साधारण सभाको मिति तय गरेको हो ।
त्यस्तै उक्त बैंठकले गत आर्थिक २०७९/८० नाफाबाट आफ्ना शेयरधनीलाई हाल कायम भएको चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने १ अर्ब ६ करोड ९८ लाख ढ हजार ४४४ रुपैयाँ बराबरको बोनश शेयर र १०.५३ प्रतिशतका दरले हुन आउने १ अर्ब १२ करोड ६५ लाख ९ हजार ३४४ रुपैयाँ बराबरको (बोनश शेयरको कर प्रयोजार्थ समेत गरी) बराबरको नगद लाभाशं वितरण गर्ने प्रस्ताव रहेको छ ।
यस्तै, आर्थिक वर्ष २०७९-८० को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । आर्थिक वर्ष २०८०-८१ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने र बैंकको प्रबन्धपत्र संशोधन गर्ने एजेन्डा पनि छ ।
सभाले प्रस्तावित बोनस सेयर जारी भएपश्चात पुँजीवृद्धि हुने भएकोले सोहीबमोजिम संशोधन गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ। त्यस्तै सभाले संस्थापक सेयरधनीहरुका तर्फबाट सञ्चालक समितिमा नियुक्त भएका सञ्चालकको नियुक्ति अनुमोदन गर्नेछ।
सभा प्रयोजनका लागि कम्पनीले असोज १६ गते एक दिने बुक क्लोज गर्ने निणर्य गरेको छ । असोज १५ गतेसम्म कायम रहेका सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।