काठमाडौं । राष्ट्रिय स्तरको ८ वटा विकास बैंकले आर्थिक बर्ष २०७९/०८०को वित्तीय विवरण सार्वजनिक गरिसकेका छन ।
यस अवधिमा बैंकहरुको नाफा ५ अर्ब ७७ करोड रुपैयाँ बराबर रहेको छ ।
राष्ट्रिय स्तर विकास बैंकहरुले प्रकाशित गरेको आव २०७९/०८०को चौथो त्रैमासिक वित्तीय विवरणअनुसार सबैभन्दा नाफा आर्जन गर्नेमा मुक्तिनाथ विकास बैंक रहेको छ । मुक्तिनाथ विकास बैंकले चालु आबको यस अवधिमा १ अर्ब ३६ करोड खुद नाफा आर्जन गरेको छ ।
यस अवधिमा सबैभन्दा कम नाफा आर्जन गर्नेमा सांग्रिला डेभलपमेन्ट बैंक रहेको छ । सांग्रिला डेभलपमेन्ट बैंकले यस अवधिमा ३४ करोड ३७ करोड नाफा कमाउँदैं कम नाफा आर्जन गर्ने राष्ट्रिय स्तर विकास बैंक भएको छ ।
त्यस्तै गरिमा विकास बैंकको १ अर्ब २१ करोड रुपैयाँ, शाइन रेसुङ्गा डेभलपमेन्टको ७८ करोड ६८ लाख रुपैयाँ, लुम्बिनी विकासले ६१ करोड २४ लाख रुपैयाँ, ज्योति विकासको ५५ करोड ३२ लाख, महालक्ष्मी विकास ४७ करोड १० लाख रुपैयाँ, र कामना सेवा विकासको ४३ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन ।
खराब कर्जा
बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार यस अवधिमा अधिकांश विकास बैंकहरुको खराब कर्जा अनुपात बढेको देखिन्छ ।
सञ्चालनमा रहेका ८ वटा विकास बैंकहरुमध्ये मुक्तिनाथ विकास बैंकको ०.८९ प्रतिशत , गरिमा विकासको १.५५ प्रतिशत, शाइन रेसुङ्गा डेभलपमेन्टको १.८१ प्रतिशत, ज्योति विकासको २.८६ कामना सेवा विकास बैंकको २.९८ प्रतिशत, लुम्बिनी विकासको ३.०१ प्रतिशत,साग्रिला डेभलपमेन्टको ३.०६, महालक्ष्मी विकासको ३.५१ प्रतिशत रहेको छ ।
प्रतिशेयर आम्दानी
विकास बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार २३.४७ रुपैयाँ प्रतिशेयर आम्दानी भएसँगै प्रतिशेयर आम्दानीका आधारमा गरिमा विकास बैंक प्रथम स्थान रहेको छ ।
त्यस्तै, मुक्तिनाथ विकास बैंकको २१.२४ रुपैया, शाइन रेसुङ्गा डेभलपमेन्टको १८.३७ रुपैयाँ, लुम्बिनी विकासको १८.११ रुपैयाँ, कामना सेवाको १३.१४ रुपैयाँ, ज्योति विकास बैंकको १२.५८ रुपैयाँ , महालक्ष्मी विकासको ११.२९ रुपैयाँ र साग्रिला डेभल्पमेन्टको १०.५२ रुपैयाँ, रहेको छ ।
लाभांश क्षमता
लुम्बिनी विकास बैंकले आव २०७९/०८० को नाफाबाट सेयरधनीलाई सबैभन्दा बढी ११.६१ प्रतिशत लाभांश दिनसक्ने क्षमता राख्दछ भने शाइन रेसुङ्गा डेभलपमेन्टले ११.३६ प्रतिशतको क्षमता राख्दछ ।
त्यस्तै गरिमा विकासको १०.७४ प्रतिशत,मुक्तिनाथ विकासबैकले १०.०३ प्रतिशत, महालक्ष्मी विकासले ८.०६ प्रतिशत,साग्रिला डेभलपमेन्टल ७.६२ प्रतिशत,ज्योति विकासले ५.१८ प्रतिशत, कामना सेवाले १.१७ प्रतिशतलाभांश दिने क्षमता राख्छ ।
स्रेडदर
यस अवधिमा मुक्तिनाथ विकास,साग्रिला डेभलपमेन्ट,महालक्ष्मी विकास र कामना सेवाको स्प्रेडदर ४.५९ प्रतिशत रहेको छ भने ज्योति विकास र लुम्बिनी विकासको ४.५८ प्रतिशत, गरिमा विकासको ४.६० प्रतिशत र शाइन रेसुङ्गा डेभलपमेन्टको ४.६० प्रतिशत रहेको छ ।
खुद ब्याज आम्दानी
खुद ब्याज आम्दानी आम्दानीमा सबै भन्दा अगाडी मुक्तिनाथ विकास बैंक रहेको छ । समिक्षा अवधिमा यस बैंकको खुद ब्याज आम्दानी ४ अर्ब ११ करोड रुपैयाँ रहेको छ । त्यस्तै गरिमा विकासको ३ अर्ब २० करोड रुपैयाँ, ज्योति विकासको २ अर्ब ३६ करोड रुपैयाँ, कामना सेवा विकासको २ अर्ब १६ करोड रुपैयाँ, शाइन रेसुङ्गा डेभलपमेन्टको २ अर्ब १० करोड रुपैयाँ, महालक्ष्मी विकासको १ अर्ब ९० करोड रुपैयाँ, लुम्बिनी विकासको १ अर्ब ८७ करोड रुपैयाँ र साग्रिला डेभलपमेन्टको १ अर्ब ८० करोड रुपैयाँ खुद ब्याज आम्दानी रहेको छ ।
वित्तरणयोग्य मुनाफा
वित्तरणयोग्य मुनाफामा पनि मुक्तिनाथ विकास नै अगाडी रहेको छ । मुक्तिनाथ विकासको ६४ करोड ४० लाख रुपैयाँ वितरण योग्य मुनाफा रहेको छ । गरिमा विकासको ५५ करोड ७२ लाख रुपैयाँ, शाइन रेसुङ्गा डेभलपमेन्टको ४८ करोड ६७ लाख रुपैयाँ, लुम्बिनी विकासको ३९ करोड २७ लाख रुपैयाँ, महालक्ष्मी विकासको ३३ करोड ६३ लाख रुपैयाँ, साग्रिला डेभलपमेन्टको २४ करोड ८९ लाख रुपैयाँ,ज्योति विकासको २२ करोड ७८ लाख रुपैयाँ रहेको छ ।