२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रविकास बैंकमुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई लिफान नेपालको ईभ स्कुटरको खरिदमा विशेष छुट

मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई लिफान नेपालको ईभ स्कुटरको खरिदमा विशेष छुट


काठमाडौं । मुक्तिनाथ विकास बैंकले पिनाकल मोटोराड प्रालिसँग व्यवसायिक सम्झौता गरेको छ ।

बैंकले आफ्नो ग्राहकहरुलाई थप सेवा दिन नागपोखरीमा मूख्य सोरुम रहेको नेपालको लागि लिफान इलेक्ट्रीक स्कुटरको आधिकारिक विक्रेता पिनाकल मोटोराडसँग लिफान नेपालको ईभ स्कुटरहरुको खरिदमा छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको हो ।

यस व्यवसायिक सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका कर्मचारीहरु र ग्राहकहरुले पिनाकल मोटोराडको नागपोखरी र भरतपूरमा रहेको शाखाबाट लिफान नेपालको विभिन्न मोडलका भ्ख् स्कुटरहरुको खरिदमा विशेष क्यास छुट र एक्सेन्जमा समेत छुट प्राप्त गर्न सक्नेछन् ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिषा नेटर्वकमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

त्यसै गरी प्रिपेड डलर कार्ड , मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।


क्याटेगोरी : विकास बैंक



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ