२०८१ माघ १८, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारमल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा

मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा


काठमाडौं । मल्टीपर्पस फाइनान्सले असोेज २९ गतेदेखि अवितरित हकप्रद सेयर बिक्रीमा राखेको छ ।

कम्पनीले १ बराबर ०.३५ अनुपातमा भदौ १० गतेदेखि ३१ गतेसम्म हकप्रद बिक्रि खुल्ला गरेकोमा सो अवधिमा आवेदन नपरेको १ लाख ४२ हजार ७७३ कित्ता हकप्रद सेयर लिलाम बढाबढ बिक्रि गर्न लागेको हो।

कम्पनीले संस्थापक समूहको ८२ हजार १२३ कित्ता र सर्वसाधारण समूहतर्फको ६० हजार ६५० कित्ता सेयर शिलबन्दी बोलपत्र प्रक्रियामार्फत बिक्री गर्न लागेको हो ।

इच्छुक व्यक्ति, कम्पनी, संघ तथा संस्थाहरुले न्यूनतम मूल्य प्रतिसेयर १०० रुपैयाँ वा सो सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ।

आवेदनकर्ताले असोज २९ गतेदेखि कात्तिक १३ गतेसम्ममा संस्थापक समूहतर्फको सेयर खरिद गर्न न्यूनतम १ हजार कित्ता र अधिकतममा सम्पूणर् कित्ताका लागि बोलपत्र पेश गर्न सक्नेछन् भने सर्वसाधारण समूहतर्फको लागि न्यूनतम १०० कित्ता र अधिकतम सम्पूणर् कित्ताका लागि आवेदन दिनु पर्नेछ।

संस्थाको हकप्रद सेयर निष्काशनका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

आवेदनकर्ताले मुक्तिनाथ क्यापिटलको काठमाण्डौ नक्सालस्थित कार्यालयका साथै मुक्तिनाथ विकास बैंकका भक्तपुर, ललितपुर, बिर्तामोड, विराटनगर, विरगंज, जनकपुर, हेटौंडा, नारायणगढ, पोखरा, बाग्लुङ्ग, बुटवल, दाङ, नेपालगंज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखा कार्यालय तथा जनकपुरस्थित मल्टीपर्पस फाइनान्सको कार्यालयबाट आवेदन दिन सक्नेछन्।


क्याटेगोरी : पूँजी बजार, फाइनान्स, बैंकिङ



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ