काठमाडौ । आर्थिक २०७९/०८० मा आशा लघुवित्त वित्तीय संस्थाको नाफा ३०.६२ प्रतिशतले घटेको छ ।
संस्थाले आर्थिक बर्ष २०७८/०७९ मा १० करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकोमा यस अवधिमा यस्तो नाफा घटेर ३ करोड ७८ लाख रुपैयाँमा सिमित हुन पुग्यो ।
समिक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी २३.०३ प्रतिशतले घटेर २४ करोड ७२ लाख रुपैयाँमा सिमित हुन पुग्यो । अघिल्लो आवमा यस्तो आम्दानी ३२ करोड १२ लाख रुपैयाँ रहेको थियो ।
अघिल्लो आवमा संस्थाको सञ्चालन मुनाफा १४ करोड ४६ लाख रुपैयाँमा रहेकाोमा समीक्षा अवधिमा संस्थाको यस्तो मुनाफा घटेर ४ करोड ८१ लाख रुपैयाँ भएको छ । यस्तो मुनाफा ६६.६९ प्रतिशतले घटेको हो ।
अघिल्लो वर्ष २ अर्ब ७३ करोड रुपैयाँ सापटी लिई ४ अर्ब ९६ करोड रुपैयाँ कर्जा लगानी गरेको संस्थाले समीक्षा अवधिमा ५ अर्ब ४६ करोड रुपैयाँ सापटी लिई ८ अर्ब ८४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
यस अवधिमा संस्थाको निक्षेप संकलन २ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ । त्यस्तै संस्थाको विरतणयोग्य मुनाफा भने २ करोड ९५ लाख रुपैयाँ रहेको छ ।
यस अवधिमा संस्थाको खराब कर्जा बढेर ३ं.९३ प्रतिशत पुगेको छ । अघिल्लो बर्ष संस्थाको खराब कर्जा ३.८५ प्रतिशत रहेको थियो । खराब कर्जा बढेपछी संस्थाले ४ करोड ५८ लाख रुपैयाँ कर्जा तथा अन्य नोक्सानीको जोखिम व्यवस्था गरेको छ ।
चुक्तापुँजी ६४ करोड १६ रुपैयाँ रहेको संस्थाको जगेडा कोषमा १६ करोड ३१ लाख रुपैयाँ रहेको छ । संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) ११.०३ रुपैयाँ मूल्य आम्दानी अनुपात ७१.१६ गुणा र प्रतिसेयर नेटवर्थ १४४.५० रुपैयाँ रहेको छ।