२०८१ माघ २३, बुधबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रलघुवित्तएनआईसी एशिया लघुवित्तद्धारा लाभांशको घोषणा

एनआईसी एशिया लघुवित्तद्धारा लाभांशको घोषणा


काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले लाभांशको घोषणा गरेको छ ।

कम्पनीको कात्तिक १ गते बसेको सञ्चालक समितिको १८८ औं बैठकले आर्थिक वर्ष २०७९/८० को सचित मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंठकले संस्थाको हाल कायम चुक्ता पूँजी १ अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँको १५ प्रतिशतले हुन आउने २६ करोड ९ लाख १६ हजार रुपैयाँ नगद लाभांश( कर प्रयोजन सहित) वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई लघुवित्त कम्पनीको आगामी साधारणसभाले पारित गरेपछी शेयरधनीले पाउनेछ ।


क्याटेगोरी : लघुवित्त



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ