२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रनेपाल राष्ट्र बैंकराष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र बिक्रि गर्ने, आज बोलकबोल हुदै

राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र बिक्रि गर्ने, आज बोलकबोल हुदै


काठमाडौं । नेपाल राष्ट्र बैंकले यही साउन २९ गते रु १० अर्ब बराबरको ‘विकास ऋणपत्र २०८६ ‘ख’ बिक्री गर्ने भएको छ ।

यो ऋणपत्र साउन आज २८ गते बोलकबोलमार्फत बिक्री गरिनेछ भने २०८८ साउन २९ गते परिपक्क हुनेछ ।

नेपाल राष्ट्र बैंकले बोलकबोल प्रक्रियाबाट उक्त ऋणपत्र बिक्री गर्न लागेको हो । व्याजदरसमेत बोलकबोल प्रक्रियाबाट निर्धारण हुने केन्द्रीय बैंकको सूचनामा उल्लेख छ ।

बैंक तथा वित्तीय संस्था, गैर बैंक, वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले समेत उक्त ऋणपत्र खरिद गर्न सक्नेछन् ।

उक्त ऋणपत्र धितो राखी कर्जा लिन वा दिन पाइनेछ । ऋणपत्रको ब्याज भुक्तानी अर्धवार्षिकरुपमा हुने र आर्जित व्याजमा समेत व्याजकर लाग्ने सूचनामा उल्लेख छ ।

इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीका रुपमा सहभागी हुनसक्नेछ भने प्रतिस्पर्धी र अप्रतिस्पर्धीबीच बोलकबोल प्रक्रियामा क्रमशः ८५ र १५ प्रतिशत गरी छुट्याइएको छ । प्रतिस्पर्धीलाई रु ८.५ अर्ब र अप्रतिस्पर्धीलाई रु १.५ अर्ब छुट्याइएको छ ।

घटीमा रु ५० हजार र बढीमा कूल निष्काशित रकमको सीमामा नबढाइ रु ५० हजारले भाग गर्दा निशेषः भाग जाने अङ्कमा खरिद गर्न पाउने सीमा निर्धारण गरिएको छ ।

ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, गैर—बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले तोकिएको समयभित्र बोलकबोल पेश गर्नुपर्ने छ ।

इच्छुक बोलकबोलवालाले बहुव्याजदरमा समेत बोल गर्नसक्ने व्यवस्था गरिएको छ । ऋणपत्रको कारोवार दोस्रो बजार कारोवारमार्फत नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमार्फत हुनेछ ।


क्याटेगोरी : नेपाल राष्ट्र बैंक



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ