२०८२ वैशाख १४, शनिबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रफाइनान्ससमृद्धि फाइनान्सको बुटवल शाखा स्थानान्तरण

समृद्धि फाइनान्सको बुटवल शाखा स्थानान्तरण


काठमाडौं । समृद्धि फाइनान्सको रुपन्देही जिल्ला बुटवल उप महानगरपालिका वडा नं.५ नेपालगञ्जरोडमा आफ्नो कारोबार गर्दै आईरहेका बुटवल शाखा कार्यालय स्थानान्तरण भएको छ ।

बुटवल उप महानगरपालिका वडा नं. ६, अमरपथमा स्थानान्तरण भई संचालनमा आएको शाखा कार्यालयको औपचारिक समुद्घाटन कार्यक्रम अश्विन ८ गते सोमबारका दिन संस्थाका प्रमुख कार्यकारी अधिकृत टिका निधि लोहनीले रिबन काटेर दीप प्रज्वलन गरी गर्नुभयो ।

फाईनान्सको बुटवल शाखा कार्यालय प्रमुख बिष्णु प्रसाद रिजालले उक्त कार्यक्रम संचालन गर्नु भएको थियो । संस्थाका प्रमुख कार्यकारी अधिकृतले सस्थाको परिचयका साथै सस्थाले उपलब्ध गराउने सेवा सुबिधा र शाखा कार्यालय स्थानान्तरणको आवश्यकता र महत्वको विषयमा प्रकाश पार्दै मन्तव्य समेत राख्नुभयो ।

उक्त कार्यक्रममा लुम्बिनी साकोस बुटवलका अध्यक्ष महेश्वरप्रसाद श्रेष्ठको आतिथ्यताका साथै बुटवल क्षेत्रका समाजसेवी, बुद्धिजिवि, सहकारी संस्थाका संचालकहरु र स्थानिय सर्वसाधारण महानुभावहरु तथा संस्थाका ग्राहकहरु लगायत अन्य व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

शाखा सञ्जाल तेह्र वटा रहेको फाइनान्सको अर्को बर्ष थप केहि शाखाहरु पनि संचालन गर्ने योजना रहेको जनाएको छ । संस्थाको निशुल्क मोबाइल वैकिङ्ख, डेबिट कार्ड, एसएमएस अलर्ट, रेमिटान्स, आइपीएस, कनेक्ट आइपीएस, क्लियरिङ्ग, आरटीजीएस लगायतका सेवाहरु सञ्चालनमा रहेको छ ।

निक्षेपमा उच्चतम १२.७५ प्रतिशतसम्मको आकर्षक व्याजदर कायम गरेको सो संस्थाले हायर पर्चेज कर्जा, घर कर्जा, विपन्न वर्ग कर्जा, व्यावसाय कर्जा, व्यक्तिगत कर्जा लगायतका कर्जा प्रवाह गरिरहेको छ ।


क्याटेगोरी : फाइनान्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ