२०८२ वैशाख १७, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रकर्पोरेटसुनको मूल्य बढ्यो 

सुनको मूल्य बढ्यो 


काठमाडौं – सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार लगातार तेस्रो दिन मंगलबार पनि सुनचाँदीको मूल्य बढेको  छ ।

सोमबार प्रतितोला ९३ हजार ७०० रुपैयाँ कायम गरेको छापावाला सुनको मूल्य मंगलबार ९४ हजार रुपैयाँमा कारोवार भइरहेको महासंघले जनाएको छ ।त्यस्तै, तेजाबी सुनको मूल्य ९३ हजार ५०० रुपैयाँ कायम भएको छ । सोमबार प्रतितोला ९३ हजार २०० रुपैयाँ रहेको थियो ।

त्यस्तै, महासंघका अनुसार मंगलबार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर ११ सय २५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको मूल्य तोलामा ११ सय १५ रुपैयाँ रहेको थियो ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ