यो दशैं र तिहार जावासँग मनाउन तयार हुनुहोस ।
काठमाडौं । नेपालको सबैभन्दा आधुनिक र आकर्षक मोटरसाइकल जावाले यस चाडपर्वको मौसममा नयाँ ग्राहकहरूका लागि अभूतपूर्व अफर ल्याइरहेको छ ।
जावा नेपालले ग्राहकलाई सर्वाधिक मनपर्ने जावा “९%”को शानदार ब्याज दरमा ल्याएको छ। साथै ग्राहकले यस चाडपर्वको मौसममा हरेक जावा बाइकको खरिदमा निःशुल्क “प्रोफेशनल राइडिङ ज्याकेट” र निःशुल्क “हेल्मेट“ पनि प्राप्त गर्नसक्नेछन् ।
कम्पनीले ग्राहकको गाडीको लागि सर्वाधिक मूल्याङ्कन सहित “इजी एक्सचेन्ज” सुविधा पनि उपलब्ध गराउँदै आएको छ । ९% को न्यूनतम ब्याज दर संग, आफ्नो मनपर्ने जावा प्राप्त गर्न अब अझ सजिलो भएको छ।
जावाकाे फाइनान्सिङ पार्टनर “अग्नि हायर पर्चेज लिमिटेड” सँगको सहकार्यमा यो सुबिधा ल्याइएको हो। सजिलो फाइनान्सिङ र न्यूनतम ब्याज दरको साथ कुनै पनि झन्झट बिना आफ्नो मनपर्ने जावा खरिद गर्नसक्नेछ ।
जावा प्रोफेसनल राइडिङ्ग ज्याकेट वास्तवमै ४ वटै मौसमको लागि उपयुक्त हुनुका साथै सुपर भेन्टिलेटेड आउटर सेल तथा हेभी डुटी कपडाको प्रयोग गरी तयार पारिएको छ ।
यसको सोल्डर र एल्बोमा प्रयोग भएको आर्मर सीई द्वारा प्रमाणीकरण गरिएको छ । त्यसै गरी यसको हेल्मेटले चालकलाई स्टाइलको साथ सुरक्षा समेत प्रदान गर्दछ ।
जावा मोटरसाइकल एक दशक भन्दा बढी समयदेखि मोटरसाइकल बनाउने लेजेन्डरी बाइक निर्माता कम्पनी हो। यो १९२९ मा चेकोस्लाभाकियाको प्रागमा स्थापित कम्पनी हो । स्थापना कालदेखि नै यो कम्पनी अग्रणी कम्पनीका रुपमा रहदैं आएको छ ।
नेपालमा जावा बाइक नेपालको स्थापित कम्पनी अग्नि मोटोइन्क प्रा.लि. ले भित्राएकोे हो । आग्नि माटो इन्क प्रा.लि अग्नि ग्रुप अन्तर्गत स्थपित सहसंस्था हो । देशभरको १६ भन्दा बढी डिलर नेटवर्कसंग, तपाइँको मनपर्ने जावा सधै तपाइँको पहुँचमा छ ।