२०८१ माघ २३, बुधबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रकर्पोरेटएनसेलले ल्यायो दशैं रचिार्ज बोनस

एनसेलले ल्यायो दशैं रचिार्ज बोनस


 

काठमाडौं – एनसेल आजियाटा लिमिटेडले नजिकिँदै गरेको दशैंको अवसरमा आकर्षक रिचार्जमा बोनस योजना ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकले हरेक दिन रु १०० वा सो भन्दा बढीको रिचार्जमा अधिकतम रु ४० सम्म बोनस ब्यालेन्स प्राप्त गर्न सक्छन् ।

यो योजना भदौ २८ गते मंगलबार देखि संचालनमा आएको छ । यो योजना अन्तर्गत एनसेलका ग्राहकले रु १०० को रिचार्ज गर्दा १ दिन मान्य रहने रु १० बोनस स्वरुप प्राप्त गर्नछन् । यो योजना अन्तर्गत बोनस प्राप्त गर्न ग्राहकले जुनसुकै रकमको रिचार्ज गर्न सक्छन् र बोनस ब्यालेन्स रिचार्ज गरिएको रकमको आधारमा हरेक दिन पाइन्छ ।

यस योजना अन्तर्गत यदि ग्राहकले एक दिनमा एकै पटक वा पटक-पटक गरि रु १५० रिचार्ज गरेमा रु २० बोनस स्वरुप प्राप्त गर्छन् । प्राप्त बोनस रकम ३ दिनको लागि मान्य रहन्छ । त्यस्तै ग्राहकले एक दिनमा एकै पटक वा पटक-पटक गरि रु २०० वा सो भन्दा बढिको रिचार्ज गरेमा ग्राहकले रु ४० बोनस ब्यालेन्स प्राप्त गर्छन् र यो बोनस रकम ७ दिनको लागि मान्य हुन्छ ।

यो योजना अन्तर्गत बोनस प्राप्त गर्न ग्राहकले कुनै पनि माध्यमबाट रिचार्ज गर्न सक्छन् । प्राप्त बोनस ग्राहकले एनसेल नेटवर्क भित्र कुरा गर्न, एसएमएस पठाउन र इन्टरनेट चलाउन प्रयोग गर्न सक्छन् ।

आफ्ना ग्राहककालागि रु १०० वा सोभन्दा बढिको रिचार्जमा बोनस ब्यालेन्स सुनिश्तित गर्दै यो आकर्षक योजना ल्याउन पाएकोमा निकै हर्षित रहेको एनसेलले जनाएको छ । यस योजनाले ग्राहकलाई चाडवाडको अवसरमा परिवार तथा साथीभाइसँग सम्पर्कमा रहिरहन र शुभकामना आदान प्रदान गर्नमा थप मद्दत गर्ने विश्वास एनसेलले लिएको छ ।


क्याटेगोरी : प्रविधि, कर्पोरेट
ट्याग : #एनसेल आजियाटा लिमिटेड


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ