२०८२ वैशाख १७, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रकर्पोरेटसानिमा बैंकको दराजसंग विशेष छुट दिने सहकार्य

सानिमा बैंकको दराजसंग विशेष छुट दिने सहकार्य


काठमाडाैं । नेपालीहरुको महान चाड वडा दशैंंको अवसरमा सानिमा बैंकले ग्राहकहरुका लागि दराजसंग “दशैं धमाका” योजनामा विशेष छुट दिने सहकार्य भएको छ ।

याे योजना अवधिभर ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा दराजबाट सामान खरिद गर्दा विशेष छुट प्राप्त गर्न सक्नुहुनेछ ।

ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १५% वा अधिकतम् रु २,०००/- सम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २०% वा अधिकतम् रु २,५००/- सम्मको छुट प्राप्त गर्न सक्नुहुनेछ । योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई “पहिलोलाई प्राथमिकता”को आधारमा छुट प्रदान गरिने छ । छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर सङ्कलन गर्नुपर्नेछ । यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले शून्य ब्याजदरमा मासिक किस्ताबन्दी (भ्ःक्ष्) सुविधा पनि प्राप्त गर्न सक्नुहुनेछ ।

यो योजना २०७९ भाद्र २९ देखि आश्विन ११ गतेसम्म १४ दिनका लागि लागू हुनेछ । साथै, सानिमा बैंकले क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई मासिक किस्ताबन्दी (EMI?) सुविधा लिंदा रु. ५०० को क्यासब्याक पनि प्रदान गर्नेछ । क्यासब्याक योजना २०७९ आश्विन १ देखि कार्तिक ३० गतेसम्म लागू हुनेछ ।

सानिमा बैंकको क्रेडिट कार्ड बैंकको वेबसाइट https://creditcard.sanimabank.com/credit-card/online-application बाट आवेदन दिन सकिन्छ ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १२७ वटा कार्यालय तथा १२० वटा ए.टि.एम. संचालनमा रहेका छन् । साथै, सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग एप प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट (कजयउउष्लन यगतभित), होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ