२०८२ वैशाख १७, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रकर्पोरेटकोका-कोलाको दसैंँ विशेष “सम्बन्ध उत्सव स्वादसँग” क्याम्पेन

कोका-कोलाको दसैंँ विशेष “सम्बन्ध उत्सव स्वादसँग” क्याम्पेन


 

काठमाडौँ । नेपालको सबैभन्दा लोकप्रिय पेय-पदार्थ कोका-कोलाले यो वर्षको दसैंँको लागि “सम्बन्ध उत्सव स्वादसँग” नामक क्याम्पेन शुरुवात गरेको छ ।

दसैंँ समस्त नेपालीहरुकै महान चाड हो र यो समयमा मुख्य रुपमा टाढा-टाढाका आफन्तजन भेटघाट गर्ने, मिठा-मिठा परिकारहरु बनाएर खाने परम्परा रहेको छ । यही परम्परालाई मध्यनजर गर्दै यो वर्षको दसैंँको लागि “सम्बन्ध उत्सव स्वादसँग” ल्याइएको कोका-कोलाले जनाएको छ ।

कोका-कोलाले धेरै वर्षदेखि आफ्नो मार्केटिङ र कन्ज्युमर क्याम्पेनको मुख्य हिस्साको रुपमा दसैंँलाई राखेको छ । र हरेक वर्षको दसैंँमा आफ्नो नेपाली उपभोक्ताहरुको लागि नयाँँ र रोमान्चक थिम सहित क्याम्पेन गर्दै आएको छ । आफ्नो नेपाली उपभोक्ताहरुको महान चाड दसैंँलाई अझै विशेष बनाउन कोका-कोलाले चङ्गा उडाएको, टिका लगाएको, परिवारसँग बसेर खाएको, पिङ खेलेको र देउसी-भैलो खेलेको जस्ता ५ वटा विभिन्न चित्र अंकित लेबलहरु भएको बोतल दसैंँको समयमा बजारमा ल्याउने गर्छ ।

क्याम्पेनको बारेमा बोल्दै कोका-कोला नेपालको कन्ट्री डिरेक्टर आदर्श अवस्थीज्युले भने , “यो वर्षको “सम्बन्ध उत्सव स्वादसँग” लाई लिएर म एकदमै उत्साहित छु किनकी यसले ठ्याक्कै दसैंँको मुख्य आकर्षणलाई प्रतिविम्बित गरेको छ । जुन भनेको आफ्नो सम्बन्धलाई प्रगाढ बनाउने, नातागोता भेटघाट गर्ने र मिठो-मिठो परिकारहरु बनाएर सँगै बसेर खाने हो।

दसैंँ विशेष कोक बोतलको साथ हामी हाम्रा सम्पूणर् नेपाली उपभोक्ताहरुलाई दसैंँको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छौँ । हामीलाई आशा छ यहाँँहरु सबै जनाको दसैंँ एकदमै विशेष हुनेछ र सबैजनाले यो दसैंँ रमाइलोसँग मनाउनुहुनेछ ।”

दसैंँ विशेष लेबलको साथै कोका-कोलाले आफ्नो ब्रान्ड एम्बासडर स्वस्तिमा खड्कालाई लिएर नयाँ टेलिभिजन विज्ञापन पनि बनाएको छ । यस विज्ञापनमा स्वस्तिमाले आफ्नो स्वर्गीय हजुरआमाको रेसिपी-बुकको मद्धतबाट दसैंँको तयारी गर्न थाल्छिन् । विज्ञापनमा दसैंँको मुख्य भागको रुपमा आफ्नो नातागोता र उनीहरुसँगको मेलमिलापलाई भावनात्मक तरिकाले प्रस्तुत गरिएको छ । यस विज्ञापनमा स्वप्न सुमनले सम्बन्ध उत्सव शीर्षकको गीत पनि गाएका छन् ।

त्यस्तै कम्पनीका प्रबन्ध निर्देशक प्रदीप पाण्डे भने “नेपालीहरुको लागि दसैंँ जति महत्त्वपूणर् छ त्यत्तिकै महत्त्वपूणर् कोका-कोलाको लागि पनि छ । हामी हरेक वर्षको दसैंँमा हाम्रा उपभोक्ताहरुको लागि केही नयाँँ र विशेष क्याम्पेन लिएर आइरहेका छौँ । हाम्रो यो वर्षको दसैंँ क्याम्पेन ट्यागलाइन सम्बन्धको उत्सवले हाम्रा उपभोक्ताहरुलाई आफ्नो सम्बन्धलाई अझै प्रगाढ बनाउन र हरेक पल स्मरणीय बनाउन प्रेरित गर्ने छ भन्ने हामीले आशा लिएका छौँ ।”

दसैंँको अभिन्न हिस्साको रुपमा खानेकुरा रहेकोले कोका-कोलाले यो वर्ष बिबिसि मास्टर सेफ प्रोफेसनलका विजेता सन्तोष शाहसँग मिलेर दसैंँमा खाइने मुख्य ५ वटा परिकारहरुको रेसिपी पनि सार्वजनिक गरेको छ । यो रेसिपी पाउनको लागि उपभोक्ताहरुले कोका-कोला बोतलको लेबलमा भएको क्ुआर कोड स्क्यान गर्नुपर्ने हुन्छ । साथै यी रेसिपी भिडियोहरु कोका-कोला नेपालको फेसबुक र इन्स्टाग्राममा पनि उपलब्ध हुनेछन् ।

यसको साथै उपभोक्ताहरुले पनि कोका-कोला नेपाल र सेफ सन्तोष शाहलाई ट्याग गरेर आफ्नो रेसिपीको भिडियो सामाजिक सन्जालमा अपलोड गर्न सक्नेछन् । यी मध्यबाट ३ जना भाग्यशाली विजेताहरुले सेफ सन्तोष शाहसँग भेट्ने मौका प्राप्त गर्नेछन् ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ