काठमाडौं । सरकारले दशैँं ,तिहार र छठ पर्वलाई लक्षित गर्दै सुपथ मूल्यको पसल संचालनमा ल्याएको छ ।
सरकारी स्वामित्वमा संचालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थानसहितको सहभागितामा सुपथ मूल्यको पसल संचालनमा ल्याएको छ ।
काठमाडौँको थापाथली, रामसाह पथ, ललितपुरको नक्खु र भक्तपुरको सूर्यविनायकसहित ४१ जिल्लाका ४५ स्थानमा सुपथ मूल्यकाे पसल एकैपटक संचालनमा ल्याइएको छ ।
असोज १ गते देखि कात्तिक १५ गतेसम्म संचालन हुने सुपथ मूल्यको पसलमा विभिन्न ३० प्रकारका खाद्यवस्तु प्रत्येक दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म बिक्रीका लागि राखिएको छ ।
उक्त सुपथ मूल्यकाे पसलमा चामल, चिउरा, गेडागुडी, तेल, दाल, मैदा, आँटा, नुन, पनिर, घ्यु, खसी बोका र च्याङ्ग्रालगायत बिक्रीमा हुनेछन् ।
छुट पाइने खाद्यवस्तुमा
सुपथ मूल्य पसलमा चामल, दाल, आटा, मैदा, चिउरा र खाने तेलमा प्रतिकिलो तथा प्रतिलिटरमा ७ रुपैयाँ छुट पाइनेछ भने कर्णाली सिमी तथा गेडागुडीमा प्रतिकिलो १० रुपैयाँ, जिउँदो खसी, बोका र च्याङ्ग्रामा प्रतिकिलो रु १० रुपैयाँ, नुन किलोमा २ रुपैयाँ , घिउ किलोमा ६० रुपैयाँ र पनिर तथा चिजमा प्रतिकिलो २० रुपैयाँ छुट पाइनेछ ।