हाईल्याण्ड डिस्ट्रिलरीले नयाँ शैलीको फंकी लेबलमा “यती भोड्का” बजारमा सार्वजनिक गरेको छ ।
बन्दीपुर र गोर्खाज् एण्ड गन्स् को सफलतापछि, आधुनिक नेपाली उपभोक्तालाई उच्च गुणस्तरको स्पिरिटसहितको भोड्का उपलब्ध गराउने उदेश्यले यति भोड्का ल्याएको कम्पनीदले जनाएको छ ।
स्विट्जरल्याण्डको प्रविधि प्रयोग गरिएको यती भोड्का चार गुणा डिस्टिल गरिएको छ र तीन गुणा फिल्टर गरिएको कम्पनीले बताएको छ ।
यती भोड्काको विशेष स्वाद, सिल्की र स्मूद हुनुका साथै यसले मुखमा आनन्दको मिठो स्वाद दिन्छ र यसको बोतलमा पनि निकै आकर्षक लेबल छ ।’
यो यती भोड्का ७५० मी.लि., ३७५ मी.लि. र १८० मी.लि. गरि ३ साईजमा त्रमशः रु.२२००, रु.११०० र रु.५५० मा मुख्य बजारहरुमा उपलब्ध छ ।