२०८२ वैशाख १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रकर्पोरेटनिगमले घट्यो पेट्रोलियम पदार्थको मूल्य

निगमले घट्यो पेट्रोलियम पदार्थको मूल्य


काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आज मध्यरातदेखि लागू हुने गरीे पेट्रोल र डिजलको मूल्यमा ३ रुपैयाले घटाएको छ ।

यसअघि पेट्रोल प्रतिलिटर १८१ रूपैयाँ बिक्री हुदै आएकामा अब भने प्रतिलिटर १७८ रूपैयाँमा बिक्री हुनेछ । डिजल प्रतिलिटर १७८ रूपैयाँमा बिक्री भइरहेकामा अब भने रु १७५ रूपैयाँमा बिक्री हुनेछ ।

मट्टीतेल प्रतिलिटर १७८ रूपैयाँमा बिक्री हुँदै आएकामा अब भने १७५ रूपैयाँ मा बिक्री वितरण हुनेछ । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने हाललाई यथावत नै राखिएको छ

निगमले सरकार र इण्डियन आयल कर्पोरेशनलाई नियमित भुक्तानीसहित १९ अर्ब तिर्न बाँकी रहेको जनाएको छ । बाँकी बक्यौता तथा सरकारले उपलब्ध गराएको ऋणको व्यवस्थापन गर्न निगमलाई अझै चुनौतीपूण रहेको  छ ।


क्याटेगोरी : कर्पोरेट
ट्याग : #नेपाल आयल निगम


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ