२०८२ वैशाख १७, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रकर्पोरेटआउटरिचलाई चीनमा सम्पन्न ईसीआई अवार्डस २०२२ मा २ वटा काँस्य पुरस्कार

आउटरिचलाई चीनमा सम्पन्न ईसीआई अवार्डस २०२२ मा २ वटा काँस्य पुरस्कार


काठमाडौं । चीनमा सम्पन्न भएको ईसीआइ २०२२ मा नेपालको तर्फबाट आउटरिचले ्रडक्ट एन्ड मोडल इनोभेसन एन्ड मार्केटिङ इनोभेसन गरी २ विधामा काँस्य पुरस्कार जित्न सफल भएको छ ।

ग्लोबल ईसीआई २०२२ को विजेताहरुको घोषणा ३० डिसेम्बर, २०२२ मा गरिएको थियो ।

अवार्ड अन्तर्गतका तीन विधाहरु प्रडक्ट एन्ड मोडल इनोभसन, मेटाभर्स एप्लिकेसन इनोभेसन एन्ड मार्केटिङ इनोभेसनतर्फ स्वण, रजत र काँस्य अवार्ड विजेता देशहरुमा हङकङ,स्विट्जरल्यान्ड/इटाली, क्यानडा, नेपाल, यूएसए, युके/साउदी अरेबिया, ब्राजिल, थाइल्यान्ड, ताइपेई सिटी, अस्ट्रेलियालगायतका देशहरु रहेका छन् ।

समारोहमा ईसीआई अवार्डसका प्रेसिडेन्ट लिजुन जीया (डा. ओविन) ले चीनमा चलिरहेको महामारीको कारण यो पटक सबै सहभागीहरुलाई भौतिक रुपमा उपस्थित गराउन नसकेकोले भर्चुअल माध्यमबाट अवार्डको घोषणा गर्नु परेको बताए ।

ईसीआई अवार्डस् इन्टरनेसनल आन्टरपेनर्स, क्रिएटिभ्ज एन्ड इनोभेटर्स एसोसिएसनद्वारा स्थापना गरिएको हो । यो अवार्ड नव प्रवद्र्धनको प्रभावकारितालाई मानक मानेर प्रदान गरिने विश्वस्तरीय अवार्ड हो ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ