काठमाडौँ । वायुसेवा सञ्चालक संघ नेपालले हवाई इन्धनको मूल्य घटेसँगै हवाई भाडा पनि घटाएको छ ।
नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा प्रतिलिटर २० घटाएसँगै संघले हवाई भाडा घटाएको हो ।
हवाई भाडा घटेपछी काठमाडौँदेखि धनगढीसम्मको रुटमा सबैभन्दा धेरै ८ सय ८५ भाडा रुपैयाँले घटेको छ । अब काठमाडौं देखि धनगढी जान लागि ७ हजार ५१० लाग्ने छ । यो रुटको अधिकतम भाडा १६ हजार १४० रहेको छ ।
त्यस्तै माउन्टेन्ट फ्लाइटको भाडा ६८५ रुपैयाँले घटेर बढीमा १४ हजार २०५ रुपैयाँ पुगेको छ ।
त्यस्तै,काठमाडौँ देखि सिमरामा १८० रुपैयाँ,काठमाडौँ देखि भद्रपुरमा ६०० रुपैयाँ, काठमाडौँ देखि विराटनगरमा ४८५ रुपैयाँ, काठमाडौँ देखि जनकपुरमा २६० रुपैयाँ, काठमाडौँ देखि भरतपुरमा २१५ रुपैया ँर काठमाडौँ देखि पोखरामा ३२० रुपैयाँले भाडा घटेको छ ।