२०८२ वैशाख १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रकर्पोरेटसुनको मूल्य बढ्यो , कतिमा हुँदै छ कारोबार ?

सुनको मूल्य बढ्यो , कतिमा हुँदै छ कारोबार ?


काठमाडौ — शुक्रबार छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ ।

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तालाको १ लाख ३ हजार ९ सय रुपैयाँ कायम भएको छ । यसअघि, बिहिबार छापावाल सुन तोलाको १ लाख ३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३ हजार ४ सय रुपैयाँ निर्धारण भएको छ । अघिल्लो दिन तेजावी सुनको भाउ तोलाको १ लाख २ हजार ९ सय रुपैयाँ निर्धारण भएको थियो ।

यसैगरी, शुक्रबार चाँदीको मूल्यमा पनि तोलाको ५ रुपैयाँले बढेर १३ सय ६५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको तोलाको १३ सय ६० रुपैयाँ थियो ।


क्याटेगोरी : कर्पोरेट
ट्याग : #नेपाल सुन चाँदी व्यवसायी महासंघ


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ