२०८२ वैशाख १७, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रकर्पोरेटआजदेखि नेपाल इलेक्ट्रिक पावर लाइट्स् तथा नेपाल फर्मा एन्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी

आजदेखि नेपाल इलेक्ट्रिक पावर लाइट्स् तथा नेपाल फर्मा एन्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी


 

काठमाडौं । आजदेखि “नेपाल इलेक्ट्रिक पावर लाइट्स अन्तर्राष्ट्रिय प्रदर्शनी” तथा “नेपाल फर्मा एन्ड हेल्थ” प्रदर्शनी हुने भएको छ ।

स्वदेशी तथा विदेशी गरी १०० भन्दा बढी कम्पनीहरुको स्टल तथा यस क्षेत्रमा कार्यरत व्यवसायी तथा संस्थाहरुको व्यापक सहभागिता रहने उक्त प्रर्दशनीको उद्घघाटन उपप्रधानमन्त्री एवम् ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री राजेन्द्र प्रसाद लिङ्देनले बिहान १० ३० बजे गर्ने छन् ।

नेपालको पहिलो, एकमात्र र सबैभन्दा बृहत् अन्तर्राष्ट्रिय उर्जा र विद्युत, औषधोपचार, स्वास्थोपचार तथा फार्मेसीसँग सम्बन्धित प्रदर्शनी रहेको आयोजकले जनाएको छ ।
मिडिया स्पेस सोलुसन्स (एम.एस.एस.) का साथै एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया प्रा. लि. (इ.टि.एस.आइ.पि.एल.) तथा फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्स् प्रा. लि.को संयोजकत्वमा आयोजना हुन लागेको हो ।

प्रदर्शनी आज माघ ६ देखि माघ ८ सम्म भृकुटी मण्डप प्रदर्शनीस्थलमा हुनेछ ।


क्याटेगोरी : कर्पोरेट
ट्याग : #मिडिया स्पेस सोलुसन्स


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ