२०८२ वैशाख १७, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रकर्पोरेटपाँचौें नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रर्दशनी माघ २७ देखि

पाँचौें नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रर्दशनी माघ २७ देखि


पाँचौें नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रर्दशनी यहि माघ २७ देखि २९ गते सम्म चितवन प्रदर्शनी केन्द्र, भरतपुरमा आयोजना गर्न गइरहेको छ ।

विगतका वर्षहरुझैं यस वर्ष पनि मिडिया स्पेस सोलुसन्स प्रा.लि र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रा लिको आयोजना हुने कृषि सम्बन्धी बृहत अन्र्तराष्ट्रिय प्रर्दशनीमा स्वदेशी तथा विदेशी कृषि सम्बन्धी कम्पनीहरुका १५० भन्दा बढी स्टलहरु रहने छन्।
प्रर्दशनीमा कृषिका विभिन्न विधाहरु जस्तै कुखुरापालन, माछापालन, बाख्रापालन, गाई भैंसी पालन, डेरी लगायत कृषिका नविनतम औजार, उपकरण, केराखेती, थोपा सिचाई, बिषादी रहित कृषि इत्यादीका बारेमा जानकारी प्राप्त गर्न सकिने छ ।

उक्त प्रर्दशनीमा देश भरीबाट बढी भन्दा बढी कृषि उद्यमी अनुसन्धानकर्ता, विद्यार्थी, संघ संस्थाका प्रतिनिधि लगायत आम कृषकहरुले प्रर्दशनीमा आधुनिक प्रविधिहरुको अनुसरण गर्ने र जिज्ञासा मेटाउने अवसर मिल्ने कुरामा बिश्वास लिइएको छ ।

निःशुल्क प्रवेशको व्यवस्था गरिएको उक्त प्रदर्शनीमा कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दत पुर्‍याउने साना साना औजार, मेशिनदेखी लिएर डेरी मेशिनरी तथा पशुपंक्षीपालन उद्योगमा प्रयोग हुने ठूला- ठूला उपकरणहरुको प्रदर्शनी लगायत डेमो पनि गरिने तथा नेपालको कृषि क्षेत्रको यान्त्रीकीकरणमा सहयोग पुर्‍याउन यो प्रदर्शनी कोशे ढुंगा सावित हुने आयोजक कम्पनीको बिश्वास छ ।

उक्त प्रर्दशनीबाट नेपालको कृषि क्षेत्रलाई उपयुक्त हुने नविनतम प्रविधि तथा सेवाहरुको पहिचान गर्न मद्दत मिल्ने र तीनको प्रयोगद्धारा कृषि उत्पादन बृद्धि भई मुलुकलाई कृषि उपजमा आत्मनिर्भर बन्न टेवा पुग्ने विश्वास गरिएको छ ।

पाँचौें नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रर्दशनी संगै नेपाल फुड एंड बेभेरेज एक्स्पो पनि आयोजना हुन गैरहेको छ । यस फुड एंड बेभेरेज एक्स्पो अन्तर्गत होटेल तथा रेस्टुरेन्ट, होस्टेल, क्याफे, क्याटेरिंग लगायतका व्यवसायमा प्रयोग हुने विभिन्न खाद्यान्न सामग्री तथा उपकरणहरु समावेश रहने छन् ।

समस्त कृषि तथा पशुपन्छी क्षेत्रको विकास र समृद्धिको लागि हुन गैरहेको यस प्रदर्शनीमा देश भरि बाट आउनु हुने कृषकहरुलाई कृषि प्रबिधि, कृषिका विभिन्न विधाहरुका बारेमा जानकारी गराउने कार्यक्रम समेत रहेको छ ।

प्रर्दशनीलाई सफल बनाउनका लागि प्रबर्द्धकका रुपमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि साझेदारको रुपमा मुक्तिनाथ कृषि कम्पनी तथा सह प्रायोजकका रुपमा ल्याण्डफोर्स र जगतजित रहने छन्। यस प्रदर्शनीमा अन्तरास्ट्रिय संस्थाहरुको सहभागिताको लागि ब्क्क्इऋज्ब्ः ले महत्वपुणर् भूमिका निर्बाह गरेको छ।

प्रर्दशनीमा सहयोगी संस्थाको भुमीकामा कृषि तथा पशुपन्छी बिकाश मन्त्रालय, कृषि बिभाग, पशु सेवा बिभाग, राष्ट्रिय दुग्ध विकास बोडर्, नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, राष्ट्रिय कृषक समुह महासंघ, नेपाल कृषि सहकारी केन्द्रिय संघ लि., नेपाल पोल्ट्री महासंघ, नेपाल चेम्बर अफ कमर्स, चितवन उद्योग संघ लगायतका विभिन्न संघ संस्थाहरु रहेका छन् ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ