काठमाडौं । चालु आव २०७९—८० को पछिल्लो ९ महिनामा आयात सँगै निर्यात पनि घटेको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांङ अनुसार चालु आव २०७९—८० को पछिल्लो ९ महिना(साउन—चैत)मा १२ खर्ब १ अर्ब ५० करोड ८९ लाख ९१ हजार रुपैयाँ बराबरको विदेशी वस्तु आयत भएको छ भने १ खर्ब १८ अर्ब २७ करोड ९९ लाख रुपैयाँ बराबरको स्वदेशी वस्तु निर्यात भएको छ ।
चालु आर्थिक बर्षको पछिल्लो ९ महिनामा गत आवको यहि अवधिको तुलनामा आयतमा आयात १८.०८ प्रतिशत र निर्यात २६.३४ प्रतिशतले कमी आएको हो ।
गत आव यस अवधिमा १४ खर्ब ६६ अर्ब ६६ करोड २० लाख रुपैयाँ बराबरको आयात भएको थियो । त्यस्तै यस अवधिमा १ खर्ब ६० अर्ब ५७ करोड २९ लाख रुपैयाँ बराबरको निर्यात भएको थियो ।
त्यस्तै , नेपालको व्यापार घाटा गत आव २०७८/०७९को यसै अवधिको तुलनामा १७.०६ प्रतिशतले घटेको छ ।
गत चालु आवको ९ महिनामा नेपालको व्यापार घाटा १३ खर्ब ६ अर्ब ८ करोड ९० लाख ९१ हजार रुपैयाँ रहेकोमा चालु आवको पछिल्लो ९ महिनामा व्यापार घाटा १० खर्ब ८३ अर्ब २२ करोड ९० लाख २९ हजार पुगेको छ ।
साथै पछिल्लो ९ महिनामा देशको कूल व्यापार १३ खर्ब १९ अर्ब ७८ करोड ८९ लाख रुपैयाँ बराबर रहेको छ । अघिल्लो आवको यस अवधिमा १६ खर्ब २७ अर्ब २३ लाख ४९ हजार रुपैयाँ बराबरको कूल व्यापार भएको थियो ।
कूल वैदेशिक व्यापारमा आयातको हिस्सा ८.९६ र निर्यातको हिस्सा ९१.०४ प्रतिशत छ ।
त्यस्तै, नेपालले १६३ देशबाट १२ खर्ब १ अर्ब ५० करोड ८९ लाख ९१ हजार रुपैयाँ बराबरको विदेशी वस्तु वस्तु आयत गरेको छ ।