२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रकर्पोरेटलण्डन स्पिरिट्स प्रतियोगिता २०२० को स्वणर् पदक विजेता खुकुरी थ्री एक्स रम

लण्डन स्पिरिट्स प्रतियोगिता २०२० को स्वणर् पदक विजेता खुकुरी थ्री एक्स रम


 

काठमाडौँ । नेपाल डिष्टिलरीज् प्रा.लि.द्वारा उत्पादित ख्यातिप्राप्त नेपाली रम खुकुरी थ्री एक्सले अन्तर्राष्ट्रिय प्रतिया्गिता अन्तर्गत रम समूहमा ९४ अँक हासिल गर्दै स्वणर् पदक जित्न सफल भएको छ ।

यसभन्दा अघि खुकुरी रमले अन्तर्राष्ट्रिय रम उत्सवमा जितेको पुरस्कारसँगै अन्तर्राष्ट्रिय स्तरमा प्राप्त गरेको यो एक अर्को पुरस्कार हो ।

लण्डन स्पिरिट्स प्रतियोगिताको आयोजना २०२० जुलाई ६ तारिखमा लण्डनमा गरिएको थियो र सोही प्रतियोगितामा नेपाल डिष्टिलरीज् प्रा.लि. खुकुरी थ्री एक्स रमको लागि स्वणर् पदकद्वारा पुरस्कृत भएको थियो । प्रतियोगिता अन्तर्गतका ३ विधाहरु गुणस्तर, गुणवत्ता र प्याकेजिङ्गका दृष्टिकोणमा मदिरा उद्योगका ख्यातिप्राप्त दक्ष निणर्ायकहरुले अन्य उच्चकोटीका प्रतिस्पर्धी रमहरुको दाँजोमा यो नेपाली रमलाई १०० मध्ये कूल ९४ सर्वोत्कृष्ट अँक प्रदान गरेर खुकुरी रम विश्वव्यापी रुपमा मान्यता प्राप्त रम भएको छाप लगाइदिएका छन् ।

“नेपाल डिष्टिलरीज्ले सन् १९५९ देखि नै आफ्नो सम्पदालाई कडा गुणवत्ता नीतिहरुका साथ बहन गदैृ आएको छ, र अहिले यो तेस्रो पुस्तामा आइपुगेको छ । यो मजबुत जगले हामीलाई अन्तर्राष्ट्रिय बजारमा परिचित गराउन अग्रसर गराएको छ । हामी नेपालमा बनेको वास्तविक नेपाली ब्राण्डको रुपमा यो पुरस्कार ग्रहण गनृ पाउँदा अत्यन्त गौरवान्वीत भएका छौं ।” नेपाल डिस्टिलरीज्का कार्यकारी प्रमुख श्री कृष्ण कुमार चुरिवालाले भन्नु भयो ।

विश्वव्यापी स्तरका गुणस्तरीय रम उत्पादकहरुको सूचीमा समावेश हुन पाउँदा नेपाल डिस्टिलरी प्रा.लि.अत्यन्त गौरवान्वीत एवं सम्मानित भएको महसुस गर्दछ । सुप्रसिद्ध मिक्सोलोजिस्टहरु, विशेषज्ञहरु र उत्पादकरुबाट अन्तर्राष्ट्रिय रुपमा मान्यता प्राप्त गर्नुले हिमाली राज्यबाट विश्वव्यापी रुपमा सबैका लागि उत्कृष्ट मदिराहरु बनाउने हाम्रो कला र उत्कटता प्रतिको हाम्रो प्रतिबद्धतालाई अझ बल पुर्‍याएको छ । खुकुरी रम बेलायत, अमेरिका लगायत १३ मुलुकहरुमा निर्यात हुँदै आएको छ ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ