२०८२ वैशाख १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रकर्पोरेटबढ्यो पेट्रोल/डिजलको मूल्य ,ग्यासको मूल्य भने घट्यो

बढ्यो पेट्रोल/डिजलको मूल्य ,ग्यासको मूल्य भने घट्यो


 

काठमाडौ । नेपाल आयल निगमले पेट्रोल/डिजलको मूल्य बढाएको छ भने खाना पकाउने एलपी ग्यासको मूल्य घटाएको छ ।

निगमले आज राति १२ बजे देखि लागु हुने गरि पेट्रोलियमको पदार्थको मूल्य बढाएको छ ।

निगमले पेट्रोलमा प्रतिलिटर ९ रुपैयाँ र डिजल प्रतिलिटर  ७ रुपैयाँका दरले मूल्य बढाएको छ ।  निगमले मूल्य बढाएसँगै अब पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १७०.५० रुपैयाँ,दोस्रो वर्गमा  प्रतिलिटर १७० रुपैयाँ र तेस्रो वर्गमा प्रतिलिटर १७३ रुपैयाँ कायम भएको छ । त्यस्तै डिजेलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १५०.५० रुपैयाँ दोस्रो वर्गमा प्रतिलिटर १५२ रुपैयाँ र तेस्रो वर्गमा प्रतिलिटर १५३ रुपैयाँ कायम भएको छ ।

त्यस्तै निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने १३० रुपैयाँले घटाएको छ । अब नयाँ मूल्य अनुसार खाना पकाउने ग्यासको मूल्य १ हजार ६६० रुपैयाँ कायम भएको छ ।

 


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ