२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रकर्पोरेटसिजीले ल्यायो “कुशल स्वास्थ्य असल पर्व” योजना

सिजीले ल्यायो “कुशल स्वास्थ्य असल पर्व” योजना


काठमाडौँ । इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले दशैं तथा तिहार पर्व लक्षित गरी “कुशल स्वास्थ्य असल पर्व” नामक योजना ल्याएको छ । यस योजना अन्तर्गत सिजीले आफ्नो ग्राहकलाई सिजीका कुनै पनि घरायसी सामग्री खरिदमा ३० % नगद छुट र हात खाली नजाने उपहार रहेको छ ।

सिजीको कुनैपनि एलईडी टिभीको खरिदमा ३० % सम्मको छुट र ४३ इन्च र सोदेखि माथिका टिभीहरुमा निशुल्क जडानको सुविधा रहेको छ ।

साइड बाई साइड, मल्टिडोर रेफ्रिजेरेटर र फ्रन्ट लोड वासिङ मेसिनमा पिजनको मिक्सर र आकर्षक नगद छुट रहेको जनाएको छ । डबल डोर रेफ्रिजेरेटरमा भने सिजीको ३ लिटरको भिन्टेज प्रेसरकुकर र आकर्षक नगद छुट रहेको कम्पनीले जनाएको छ ।
सिङ्गल डोर रेफ्रिजेरेटर, सोकेश, चेस्ट फ्रिजर र स्पिकरमा आकर्षक नगद छुटको व्यवस्था रहेको जनाइएको छ । यसपाली टपलोड तथा सेमिअटोमेटिक वासिङ मेसिनमा सि.जी.कै स्टिम आईरन र माइक्रोवेभ ओभनको खरिदमा कुकिङ किट प्राप्त हुनेछ । एसीमा भने निःशुल्क जडानको योजना रहेको छ ।

यो योजना भाद्र २९ गते देखि देशभर सिमित अवधिका लागि मात्र लागू गरिएको कम्पनीले जनाकारी गराएको छ ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ