२०८२ वैशाख १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रकर्पोरेटलिट्मस केबल्सद्धारा नेपालकै पहिलो ह्यालोजनमुक्त तार ईकोवायर- जेड एच सार्वजनिक

लिट्मस केबल्सद्धारा नेपालकै पहिलो ह्यालोजनमुक्त तार ईकोवायर- जेड एच सार्वजनिक


काठमाडौं । लिट्मस केबल्सले शुक्रबार एक भव्य समारोहबीच अत्याधुनिक जर्मन प्रविधिद्धारा नेपालमै उत्पादन गरिएको ईकोवायर- जेड एच सार्वजनिक तथा विक्री वितरणको घोषणा गरेको छ ।

ह्यालोजनमुक्त ईकोवायर ( जेड एच नेपालको विद्युतीय उद्योगमा एक महत्वपूण कोसेढुङ्गाको रुपमा रहनुका साथ साथै यसले ग्राहकवर्गमा अझ बढी र उच्च कोटीको सुरक्षाको अनुमति दिनेमा कम्पनीले विश्वास लिएकाे छ ।

आवासिय भवनहरु होस् या व्यावसायिक स्थलहरु जस्तै विद्यालय, अस्पताल, मल, सिनेमा हल, मनोरञ्जनात्मक स्थल वा कार्यालय, जहाँ पनि अत्याधिक रुपमा बिजुलीका तारहरु प्रयोग रहेको हुँदा नवीनतम प्रविधियुक्त ईकोवायर ( जेड एचले आगलागीका जोखिमलाई कम गर्नुका साथै जीवन तथा धनमालको सुरक्षामा महत्वपूण योगदान पुर्‍याउने कम्पनीले जनाएको छ ।

कार्यक्रममा नविनतम प्रविधिमा आफ्नो विश्वास र उत्साह प्रकट गर्दै लिट्मस इन्डस्ट्रिज लिमिटेडमा प्रबन्ध निदेशक रोहित गुप्ताले भने लिट्मस “ईकोवायर ( जेड एच नेपालमै पहिलो ह्यालोजन मुक्त एकमात्र तार रहेको दाबी गरे । उनले ग्राहकवर्गको माग, सुरक्षालाई आत्मसात गरी नयाँ नयाँ प्रविधि तथा नविनतम उत्पादनहरु बजारमा ल्याउने प्रतिवद्धता दोहोर्‍याए ”।

लिट्मस इन्डस्ट्रीज लिमिटेडका उपाध्यक्ष सरोज मिश्रले बजारमा लिट्मस ईकोवायर ( जेड एच को विश्वसनीयतामा जोड दिँदै यसको अतुलनीय सुरक्षा प्रविधिका कारण ग्राहकहरूले यो उत्पादनलाई विश्वास गर्न सक्ने कुरामा जोड दिए ।

यसको कम धुवाँ र उत्सर्जन-मुक्त विशेषताहरूले यो सबै प्रयोगकर्ताहरूको लागि उपयुक्त विकल्प बनेको छ । यसबाहेक, यसको खीया नलाग्ने गुणहरू र आगो प्रतिरोधले समग्र सुरक्षा रुपरेखा बढाउँछ । विशेष रूपमा, उत्पादनको पर्यावरण-मैत्री डिजाइनले यसको दिगोपन र जिम्मेवारीलाई रेखांकित गर्दछ, यो वातावरणीय रूपमा सचेत उपभोक्ताहरूको रोजाई बन्न सक्छ ।

ईकोवायर ( जेड एच नेपालमा पहिलो पटक उत्पादित आगो प्रतिरोधी, खीया नलाग्ने, र पर्यावरण मैत्री शून्य ह्यालोजन भएको तार हो । आगलागी हुदाँ ईकोवायर ( जेड एचले न्यूनतम धुवाँ उत्पादन गर्छ, जसले सुरक्षित निकासी र उद्धार टोलीहरूद्वारा तीव्र उद्धार गर्नमा मद्दत गर्नेछ । यसको आगो प्रतिरोधले आगोको फैलावटलाई रोक्छ, नियन्त्रण र सुरक्षा बढाउँछ साथै यो तार जन-मैत्री, पर्यावरण-मैत्री, र ओजोन-मैत्री पनि छ ।

 

ह्यालोजन-फ्री फायर रेडिएसन (HFFR)कोे अद्वितीय संरचनाले आगोको समयमा संरचनात्मक विशिष्टता सुनिश्चित गर्दै विषाक्त धुवाँ र खतरनाक ग्याँसहरू कम गर्दछ । परम्परागत तारहरू भन्दा ईकोवायर ( जेड एच ९० र १८० मी बक्स प्याकहरूमा उपलब्ध हुनेछ । आगो लाग्दा यसमा कम धुवाँ तथा उत्सर्जनका कारण यो सबै खाले प्रयोजनका लागि उचित छ ।

शून्य ह्यालोजन भएको नेपालको पहिलो तारको रूपमा, ईकोवायर ( जेड एच ले सुरक्षित वातावरणमा योगदान पुर्‍याउँछ र विद्युतीय समाधानहरूमा सुरक्षा र जिम्मेवारीप्रति लिट्मस केबल्सको प्रतिबद्धतालाई पुनः पुष्टि गर्दछ ।

लिट्मस इन्डस्ट्रीज लिमिटेडको बारेमाः
लिट्मस इन्डस्ट्रिज लिमिटेड नेपालको अग्रणी केबल निर्माता, जसले वि.स. २०३५ सालदेखि देशलाई उज्यालो र औद्योगिक विकासलाई समर्थन गर्दै आएको छ । सन् २०१४ देखि रमेश कर्प अन्तर्गतको संस्थाको रुपमा नेपालमा अत्याधुनिक जर्मन प्रविधि प्रयोग गरी तार तथा केबलको निर्माण गर्दै आईरहेको लिट्मस इन्डस्ट्रिजले विस्तृत रुपमा घर र उद्योगमा निरीक्षणको अभिप्रायहरू प्रदान गर्दै आएको छ । लिट्मसले आफ्नो आधुनिक व्यवस्थापन र गुणस्तर प्रति समर्पणका साथ आगामी धेरै वर्षसम्म नेपाललाई उज्यालो बनाउने लक्ष्य राखेको छ ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ