२०८२ वैशाख १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रकर्पोरेटनेपाल ब्लकचेन कन्क्लेभ २०२३ स्थगित

नेपाल ब्लकचेन कन्क्लेभ २०२३ स्थगित


काठमाडौं । नेपाल ब्लकचेन कन्क्लेभ २०२३ को पहिलो संस्करण स्थगित भएको छ ।

यहि भदौ ३१ मा आयोजना गर्ने भनिएको कन्क्लेभ अप्रत्याशित परिस्थितिका कारण स्थगित गरिएको क्यान महासंघले जनाएको छ।

नेपालमा ब्लकचेन प्रविधिबारे सचेतना, प्रोत्साहन तथा प्रवर्द्धन गर्न सरोकारवालाहरूबीच वृहत् अन्तर्क्रिरया एवं सहकार्य गर्ने उद्धेश्यले आयोजना हुन लागेको क्यानले जनाएको छ ।

क्यानले जारी गरेको प्रेस विज्ञप्तिमा महासंघका पदाधिकारीको निणर्यअनुसार अर्को निणर्य नभए सम्मको लागि हाललाई स्थगित गरिएको उल्लेख छ ।

तयस्तै, महासंघले नेपाल ब्लकचेन कन्क्लेभ २०२३ को तयारीको क्रममा सहयोग पुर्याउने सबैमा हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दै नेपाल ब्लकचेन कन्क्लेभ २०२३ स्थगितका कारण पर्न गएको असुविधा प्रति सम्बन्धित सबैसँग क्षमासमेत मागेको छ ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ