२०८२ वैशाख १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रकर्पोरेटअनर नेपालको फेस्टिभ अफर दैनिक उपहार देखि भेस्पा र थाइल्याण्ड टुरको बम्पर उपहारसम्म

अनर नेपालको फेस्टिभ अफर दैनिक उपहार देखि भेस्पा र थाइल्याण्ड टुरको बम्पर उपहारसम्म


काठमाडौं । सेलट्रोन नेपाल प्रालिले नेपालका लागि अनर को आधिकारिक वितरकले आफ्ना ग्राहकका लागि सबैभन्दा ठूलो चाडपर्व अफर ल्याएको छ ।

“बनाउ दशैं अनरमय” भन्ने ट्याग लाइनका साथ कम्पनीले बम्पर उपहार को पर्व ल्याएको छ । सेलट्रोन नेपालले यस चाडपर्वको अवसरमा यो अफरले अनर ग्राहकहरूमाझ उत्साह सिर्जना गर्ने विश्वास लिएको छ ।

अनर बाट “ अनरको बहार, चाडपर्व मा उपहारै उपहार” नामक अभियान सुरु गरिएको छ जसमा खरिदकर्ताहरुले स्मार्टफोनको हरेक खरिदमा दैनिक उपहार, मेगा उपहार, बम्पर उपहार र भेस्पा जित्ने अवसर प्राप्त गर्न सक्नेछन् ।

पहारहरू चार खण्डहरूमा विभाजित छन् । जसमा मानिसहरूले ५ हजार ९९० रुपैयाँ मूल्यको अनर एयरबड एस५ वा रु.६ हजार ४९० रुपैयाँ पर्ने अनर ब्यान्ड सीक्स हरेक दिन जित्ने मौका पाउन सक्नेछन् । दोस्रो मेगा गिफ्ट हो जहाँ खरिदकर्ताहरुले ४३” स्मार्ट टिभी वा अनर वाच ४ वा अनर ९० ५जी जित्ने मौका पाउन सक्छन् ।
त्यसपछि यो तेस्रो खण्डमा थप रोचक हुन्छ जहाँ ग्राहकहरूले ल्यापटप वा थाइल्याण्ड टुर जित्ने मौका पाउन सक्छन् र अन्तमा, सबैभन्दा गजबको उपहार अर्थात् एक भाग्यशाली विजेताले भेस्पा स्कुटर जित्न सक्नेछन् ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ