२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रकर्पोरेटशौर्य सिमेन्ट उद्योगद्वारा क्लिङ्कर भारत तर्फ निर्यात

शौर्य सिमेन्ट उद्योगद्वारा क्लिङ्कर भारत तर्फ निर्यात


काठमाडौं । शौर्य सिमेन्ट इन्डष्ट्रिज लिमिटेडले आफ्नो क्लिङ्कर उत्पादनलाई छिमेकी राष्ट्र भारत तर्फ निर्यात शुरुवात गरेको छ ।

उद्योग परिसरमा पहिलो निर्यात गर्ने कार्यक्रममा शौर्य सिमेन्टका प्लाण्ट हेड गुरुदयाल सिंह तथा सहायक महाप्रबन्धक विकास खड्काद्वारा संयुक्त रुपमा रिवन काटी निर्यातको शुरुवात गरेका छन् ।

उदयपुरको चुनढुङगाबाट उत्पादन गरिएको यस क्लिङ्कर तथा सिमेन्टमा न्यून ःन्इ तथा उच्चस्तरिय चुनढुङगा समिश्रण रहेकाले भारतमा अवस्थित सिमेन्ट उद्योगमा सफल परिक्षणबाट स्विकृति भई निर्यात गर्न सफल भएको छ ।

उद्योगले माघ २०७८ बाट व्यवसायिक उत्पादन सुरुवात गरको यस उद्योगको क्षमता ३ हजार मे.ट. क्षमता रहेको छ ।व्यवसायिक घराना शंकर गु्रप, गोल्छा गु्रप तथा अम्बे गु्रपको संयुक्त लगानीमा सिराहाको मिचैयामा अवस्थित यस उद्योगले इएऋ (५३ ग्रेड,४३ ग्रेड) र पीपीसी सिमेन्ट उत्पादन गदै आएको छ ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ