काठमाडौं । सन् २०२२/२३ मा कास्कीस्थित गण्डकी मेडिकल कलेज शिक्षण अस्पताल एण्ड रिसर्च सेन्टरले १ अर्ब ३६ करोड (अपरिष्कृत) रुपैयाँ बढीको कारोबार गरेको छ ।
यो सन् २०२१/२२ को तुलनामा २१ करोड रुपैयाँले बढी हो । गत बर्ष कलेजले १ अर्ब १५ करोड रुपैयाँको कारोबार गरेको थियो । त्यस्तै कलेजले सन् २०१९/२० मा ९७ करोड रुपैयाँको कारोबार गरेको थियो ।
सन् २००७ मा स्थापना भएको गण्डकी मेडिकल कलेज त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानबाट सम्बन्धन प्राप्त गरी एमबीबीएस, बिडिएसलगायतका चिकित्सा शिक्षाका कार्यक्रम साथै स्वास्थ्य सेवा दिने शिक्षण अस्पताल संचालन गरिरहेको छ ।
कलेजले एमबीबीएस, बिडिएसका साथै बिएस्सी नर्सिङ, बिएनएस, एमआईटी, बीएस्सी एमएलटी, बीपीएच, बी फर्माका शैक्षिक कार्यक्रम चलाउँछ ।