काठमाडौं । नेपाल वायुसेवा निगमले आर्थिक बर्ष २०७९/०८० मा २२ अर्ब २४ करोड १९ लाख ७८ हजार रुपैयाँ आम्दानी गरेको छ ।
मंगलबार सार्वजनिक गरेको विवरण अनुसार गत ३ बर्षमा निगमको आम्दानी १४४ प्रतिशतले बढेको देखिन्छ ।
महालेखा परिक्षणको लेखापरिक्षको प्रदिवेदन अनुसार नेपाल एयरलाइन्सले आर्थिक वर्ष २०७७/७८ मा ९ अर्ब १० करोड ९७ लाख ३१ हजार ८४५ रुपैयाँ र आव २०७८/०७९ मा १६ अर्ब ४६ करोड २२ लाख ६० हजार ३३३ रुपैयाँ आम्दानी गरेको थियो ।
निगमले अहिले अन्तर्राष्ट्रिय तर्फ ४ जहाज र आन्तरिक तर्फ २ वटा जहाज मात्र उडनमा रहेका छन् । त्यस्तै, निगमको अर्को मुख्य आम्दानीको स्रोत भनेको तीन वटै अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङ हो ।
हालको बजार माग सम्बोधन गर्न र प्रतिस्पर्धात्मक ढंगले बजारीकरण गरी अझै धेरै आम्दानी गर्नको लागि निगमलाई पर्याप्त मात्रामा जहाजको कमि रहेकोले यस तर्फ आवश्यक कार्ययोजना बनाई अगाडि बढ्ने कार्य भइरहेको निगमले बताएको छ ।