काठमाण्डौ । शिवम् सिमेन्ट्स लिमिटेडको आठौं वार्षिक साधारणसभा पुस २७ गते बस्ने भएको छ ।
उक्त सभा काठमाडौको प्रदर्शनीमार्गस्थित राष्टिय सभा गृहमा बिहान ९ बजे सुरु हुनेछ । कम्पनीको पुस ३ गते बसेको सञ्चालक समितिको १२३ औं बैठकले आठौं वार्षिक साधारणसभा मिति तय गरेको हो ।
उक्त बैंठकले कम्पनीमा कायम सेयरधनीहरुलाई २०७९-८० को मुनाफा रकमबाट चुक्तापूँजी ४ अर्ब ४० करोड रुपैयाँको १४.२५ प्रतिशतले हुन आउने ६२ करोड ७० लाख रुपैयाँ बोनस सेयर र ०.७५ प्रतिशतले हुन आउने ३ करोड ३० लाख रुपैयाँ नगद लाभांश (बोनश शेयरको कर प्रयोजार्थ समेत गरी) वितरण सम्बन्धी प्रस्ताव साधारणसभामा पेश गर्ने निणर्य गरेको छ ।
सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७९-८० को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । आर्थिक वर्ष २०८०-८१ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने र कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने एजेन्डा पनि छ ।
सभाले प्रस्तावित बोनस सेयर जारी भएपश्चात पुँजीवृद्धि हुने भएकोले सोहीबमोजिम संशोधन गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ।