२०८२ वैशाख १४, शनिबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रकर्पोरेटट्रेड एक्स्पोमा करोबार बढ्यो

ट्रेड एक्स्पोमा करोबार बढ्यो


 

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा जारी मोरङ व्यापार संघ ट्रेड एक्स्पोमा १० करोड ५५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

एक्स्पो सुरु भएको ८ दिनको अवधिमा साँढे १० करोड रुपैयाँको कारोबार भएको आयोजकले जनाएको छ । हालसम्म एक्स्पोमा १ लाख ६५ हजारभन्दा बढी दर्शकले अवलोकन गरेका छन् ।

एक्स्पोमा विशेषगरी नेपालको अल्लो कपडा, किवी, सख्खर लगायत स्वदेशी दैनिक उपभोग्य उत्पादन र प्लाष्टिकका भाँडा वर्तन आदि विशेष छुटमा बिक्री भइरहेको आयोजकले जनाएको छ ।

यसैगरी, भारत, पाकिस्तान तथा बंगलादेशका कपडा, छालाका सामग्री, भान्सामा प्रयोग गरिने सामग्री लगायतका स्टलहरुमा पनि भीडभाड देखिने गरेको छ ।

गत पुस ६ गते प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेको एक्स्पो पुस १६ गते सम्म सञ्चालन हुने संयोजक अनिलकुमार साहले बताए ।

मुलुकको विद्यमान शिथिल आर्थिक गतिविधिलाई चलायमान बनाउनुका साथै नेपाल व्यापार रणनीतिअन्तर्गत पहिचान गरिएका प्रदेशका वस्तुहरुको राष्ट्रिय, अन्तर्राष्ट्रिय बजारीकरण एवं कोशी प्रदेशका पर्यटकीय तथा धार्मिक गन्तव्यहरुको प्रचार प्रसार गर्ने उद्देश्य एक्स्पोको छ ।


क्याटेगोरी : कर्पोरेट, कोशी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ