काठमाडौ। प्रभु क्यापिटल लिमिटेडले सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटयालिटीसंग आफ्ना हितग्राहीलाई सेवामा छूट दिन व्यवसायिक समझौता गरेको छ ।
बुधबार गरिएको उक्त समझौता २ वर्षका लागि लागू हुने बताइन्छ ।
सो सम्झौतापत्रमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले तथा सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीको तर्फबाट कर्पोरेट सेल्स एण्ड मार्केटिङ्ग म्यानेजर नृपेश श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
सम्झौता बमोजिम सिद्धार्थ बिजनेश ग्रुप अन्र्तगतको होटेल, रेर्सोट, रेष्टुरेन्ट तथा कैफे आदिमा सेवा लिदा प्रभु क्यापिटलका हितग्राही ग्राहक महानुभावहरुले खाना तथा पेर्य पदार्थमा १० प्रतिशत तथा रुम बुकिङ्गमा २० प्रतिशतसम्म छुट पाउने भएका छन् ।
छुट प्राप्त गर्न प्रभु क्यापिटलका ग्राहकले आफ्नो डिम्याट कन्र्फमेशन तथा परिचय पत्र देखाउनु पर्नेछ । कम्पनीले हितग्राही (डिम्याट) खाता खोल्ने सुविधा प्रभु क्यापिटल, कमलादी तथा प्रभु बैंकको जुनसुकै शाखाहरुबाट पनि उपलब्ध रहेको बताएको छ ।
सिद्धार्थ ग्रूपले नेपालको विभिन्न जिल्लाहरुमा हस्पिटयालिटी सेवाहरु दिंदै आएको छ, जसमा हाल १४ होटेल तथा रिर्सोट, चार वटा रेष्टुरेन्ट रहेको छ तथा दुई वटा क्याफेसमेत गरि २० स्थानबाट सेवा दिंदै आएको छ ।