२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रकर्पोरेटसुनचाँदीको भाउ घट्यो

सुनचाँदीको भाउ घट्यो


काठमाडौ । साताको दोश्रो कारोबार दिन सोमबार सुनचाँदीको भाउ घटेको छ । लगातार दुईदिन स्थिर रहेको सुनको भाउ आज ७०० रुपैयाँले घटेको हो ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ प्रतितोला १ लाख १८ हजार ८०० रुपैयाँ कायम छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १८ हजार २५० रुपैयाँ खरिदबिक्री भइरहेको छ ।

यसअघि आइतबार छापावाल सुन तोलाको १ लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुनको भाउ तोलाको १ लाख १८ हजार ९५० रुपैयाँ निर्धारण भएको थियो ।

सोमबार चाँदीको भाउ प्रतितोला १४ सय १५ रुपैयाँ कायम रहेको छ । यसअघि आइतबार चाँदी प्रतितोला १४ सय २० रुपैयाँमा किनेबेच भएको थियो ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ