काठमाडौं । नेपाल विज्ञापन संघ (आन)ले १४ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।
संघको २४औं वार्षिक साधारणसभाले सुदिप थापाको नेतृत्वमा तीनवर्षीय कार्यकालको लागि १४ सदस्यीय ११ औं कार्यसमिति निर्वाचित गरेको हो ।
संघको अध्यक्षमा थापा निर्विरोध निर्वाचित भएका हुन । संघका नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुले आइतबार शपथ ग्रहण गरेका छन् ।
कार्यसमितिको प्रथम उपाध्यक्षमा उजय शाक्य, द्वितीय उपाध्यक्षमा पंकजलाल प्रधान, महासचिवमा कृष्णप्रसाद घिमिरे, ,सचिवमा सन्तोष खड्का र अरुणकाजी स्थापित निर्विरोध निर्वाचित भएका छन् ।
कोषाध्यक्षमा साजन श्रेष्ठ ,सदस्यहरूमा, रोशन रेग्मी (आरसी), सन्तोष सिलवाल गिरी, दीपेन्द्र पौडेल, विधान राजभण्डारी, रोशन पौडेल, मनीष अधिकारी र प्रभात रिमाल चुनावी प्रक्रियाबाट निर्वाचित भएका छन् ।