२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रकर्पोरेटघोराही सिमेन्टको  पुस २८ गते वार्षिक साधारण सभा , यस्तो एजेण्डा

घोराही सिमेन्टको  पुस २८ गते वार्षिक साधारण सभा , यस्तो एजेण्डा


काठमाडौ । घोराही सिमेन्टको पुस २८ गते शनिबार वार्षिक साधारण सभा बस्ने भएको छ ।

कम्पनीले सभामा लाभांश प्रस्ताव पनि पारित गर्ने भएको छ । साथै, सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सानसम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

सभाले हाल कामय चुक्ता पुँजीको १५ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। उक्त बोनस सेयर वितरण गर्दा हुन आउने खन्डित सेयरलाई पछि समायोजन गर्ने गरी यथावत राख्ने विशेष प्रस्ताव पनि पारित गरिने एजेन्डा छ। साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १६ गते बुक क्लोज गरिसकेको छ ।

होटल पौवा दाङ, घोराही उप महानगरपालिका वडा नं १५ मा बिहान ९ बजे सुरु हुनेछ ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ