२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रकर्पोरेटसिजीको इन्टरनेट सेवा सुरु, मासिक रु ९९९ मा १२० एमबीपीस

सिजीको इन्टरनेट सेवा सुरु, मासिक रु ९९९ मा १२० एमबीपीस


काठमाडौं । सिजी कम्युनिकेसन्सले सिजीनेट सेवा प्रारम्भ गरेको छ । सिजीले नेपाली उपभोक्तालाई सस्तो शुल्कमा उच्च गतिको इन्टरनेन्ट सेवा आजदेखि ल्याएको हो ।

डिजिटल नेपाल बनाउने अभियानमा चौधरी ग्रुरुपको प्रतिबद्धता रहेको सिजी कम्युनिकेसन्सका प्रबन्ध निर्देशक निर्वाण  चौधरीले बताए ।

अहिलेलाई काठमाडौं उपत्यकाका लागि मात्र प्रारम्भ भएको यो सेवा बिस्तारै देशका अन्य भागमा पनि उपलब्ध हुने सिजी कम्युनिकेसन्सले जनाएको छ ।
सिजीनेटमा १२० एमबीपीएसको स्पिड इन्टरनेट मासिक ९९९ रुपैयाँमा मात्रै उपलब्ध हुनेछ ।

हाल सिजी डिजिटलका शाखा- जावलाखेल, कुमारीपाटी, कीर्तिपुर, नयाँबजार, मीनभवन र ट्रेड टावर थापाथलीमा यसको ग्राहक सेवाकेन्द्रहरू हुने छ र नेटवर्क विस्तारसँगै काठमाडौं उपत्यकाका अन्य क्षेत्रहरूमा पनि ग्राहक सेवा केन्द्रहरू थप गर्दै लगिने कम्युनिकेसन्सले बताएको छ ।

अहिलेलाई जावलाखेल, झम्सिखेल, भनिमण्डल र एकान्तकुनामा सिजीनेट सेवा हुने कम्युनिकेसन्सले जनाएको छ ।

‘सिजी नेट’ देशव्यापी इन्टरनेट सेवाप्रदायक (आईएसपी) हो, जसले व्यावसायिक र व्यक्तिगत दुबैका लागि इन्टरनेट सेवा उपलब्ध गराउनेछ र निकट भविष्यमै आईपीटीभी र अन्य सेवा पनि नेपली बजारमा ल्याउने कम्युनिकेसन्सले जनाएको छ ।

 


क्याटेगोरी : प्रविधि, कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ