काठमाडौं । यूरो २०२० नजिकीदै जादा फुटबल प्रेमी दर्शकहरुलाई लक्षित डिसहोमले आफ्नो नयाँ अभियान ‘मेरो मनको दोस्रो देश सुरु’ गरेको छ ।
गत वर्ष कोभिड-१९को महामारीको कारण स्थगित भइ यस बर्ष हुन लागेको युराेपकाे सबै भन्दा ठुलाे फुटबल प्रतियोगिता यूईएफए यूरो २०२० कपको प्रत्यक्ष प्रसारण गर्न डिसहोम संपूणर् रुपमा तयार रहेको डिसहोमले जनाएको छ ।
दर्शकहरुले यो फुटबल प्रतियोगिता डिसहोमको एच.डि च्यानल एक्सन स्पोर्टस्मा हेर्न सक्नेछन् ।
सामाजिक संजालहरुमा #MeroMankoDosroDesh ट्रेन्ड गराइ यस योजनाले फुटबल प्रतियोगितालाई दर्शकहरु बीच रोमान्चकारी बनाउने छ । यस अन्तर्गत फ्यानहरुले आफूँले प्रशंसा र समर्थन गरेको आफ्नो मनको दोस्रो देशलाई ट्याग गर्न सक्ने छन् । यस माध्यमबाट उनीहरुले आफ्नो पक्ष र विपक्ष टीमलाई अरु कसले समर्थन गरिरहेका छन् भन्ने बारे जानकारी प्राप्त गर्नेछन् ।
हरेक नागरिकको अनन्त प्रेम र समर्थन आफ्नै देशका लागि हुन्छ भने खेलमा भाग नलिएका देशका नागरिकको पनि आफ्नै समर्थनको दोस्रो देश हुन्छ । यस अभियानले प्रशंसकहरुलाई उनीहरुको दोस्रो देशको साथ खेलमा आनन्दित हुने अवसर सिर्जना गर्दछ ।
यस अभियानबाट डिसहोमले समय समयमा कुन देशका सबै भन्दा धेरै समर्थक छन् भन्ने विवरण पनि निकाल्नेछ । जुन ह्यास्ट्यागरको मनको दोस्रो देश फाइनलमा जान्छ र खेल जित्छ, उनैले भाग्यशाली ड्र मार्फत बम्पर इनाम पनि जित्नेछ । यस बाहेक, फ्यानहरुले सामाजिक संजालमा प्रतियोगिताको भविष्यवाणीमा भाग लिइ विभिन्न उपहारहरु जित्न सक्नेछन् ।