२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रकर्पोरेटभोलिबाट साल्ट ट्रेडिङ  र खाद्य व्यवस्थामा खाद्य सामान किन्दा २० % छुट

भोलिबाट साल्ट ट्रेडिङ  र खाद्य व्यवस्थामा खाद्य सामान किन्दा २० % छुट


काठमाडाैं । भोलि देखि निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ  कर्पोरेशनले खाद्य सामान किन्दा छुट दिने भएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटमा घोषणा गरे अनुसार सरकारी स्वामित्व रहेका यी दुई कम्पनीबाट दैनिक खाद्य तथा उपभोग्य सामाग्री किन्दा खरिद २० प्रतिशतसम्म छुट पाइने छ ।

यी दुइ कम्पनीले बिक्री गर्दै आएको खाद्यमा छुटपछिको मूल्यमा

चिनी   प्रति केजी रु ६३.२० पैसा (२ केजी मात्र)

नुन प्रति केजी रु १६ (२ केजी मात्र),

तेल भटमास प्रति लिटर रु १८८ (१ लिटर मात्र)

खाना पकाउने ग्यास एसटीसीमा रु ११२० (१ सिलिल्डर मात्र)

पिठो प्रति केजी रु ४४ (२ केजी मात्र)

प्याकिङ चामल भए  ३० केजी मा २० प्रतिशत छुट

कणार्लीको सिमी (२ केजी मात्र) २० प्रतिशत  छुट

 

छुट सुविधा काठमाडौंको हकमा थापाथली र रामसाहपथको विक्रि कक्ष, ललितपुरकाे हकमा नख्खु गोदम र भक्तपुरकाे हकमा सुय विनायकको विक्री कक्षमा रहेको छ भने अन्य जिल्लाहरुको हकमा भने विक्रि कक्ष तथा कम्पनीको कार्यालयमा हुनेछ ।

छुट लिन जाने व्यक्तिले  नागरिकता वा परिचयपत्र लिएर जानुपर्नेछ ।

 

 


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ